मध्यपश्चिम समाज मेरिल्याण्ड अध्यक्षमा चन्द

वीरेन्द्र बहादुर रावल २०८२ वैशाख १९ गते १०:२६ मा प्रकाशित

धनगढी । मेरिल्याण्ड नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाको अध्यक्षमा कृष्ण चन्द सर्वसम्मतले चयन भएका छन् । सन् २०२५-२०२७ का लागि चयन भएको नयाँ कार्यसमितिले सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता गरेको छ ।

त्यस्तै, मध्यपश्चिम समाज मेरिल्याण्डको वरिष्ठ उपाध्यक्षमा प्रेश कुमाल, उपाध्यक्षमा राजन देवकोटा र महासचिवमा लोकेन्द्र वली सर्वसम्मतिले चयन भएका छन् । भने सचिवमा खेमराज थापा र कोषध्यक्षमा तिला खत्री चयन एका छन् । त्यस्तै, सदस्यहरूमा रमेश क्षेत्री, योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिम्मत वसेल, वसन्त गिरी र केशव देवकोटा चयन भएका छन् ।

छन् । निर्वाचित हंदै अध्यक्ष चन्दले आफूले नेतृत्व पाउँदा अत्यन्त खुशी र गर्व महसूस भएको बताउँदै प्रय समदायलाई अझ संगठित, सचेत र सक्रिय बनाउनेतर्फ लाग्ने बताए। उनले सामाजिक, सास्कृक्तिक, शैक्षिक र सेवामा आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गर ।

त्यसैगरी, मध्यपश्चिम नेपाली समाज मेरिल्याण्ड अमेरिकाको सल्लाहकार समिति संयोजक राजन सनार, सदस्यहरु वास पाखर उत्तम गौली, हिक्मत विक, राज बोहोरा, प्रशाराम देवकोटा, शकर ओली कन्हैया सिह परियार, श्याम मग वावराम भट्टाराई, दीपेश रावत नेत्र अधिकारी नक्ष्मीराम गाह जन्विर कुमाल, दामोदर पोखरेल र शोभा गौतम सर्वसम्मत चयन भएका छन्।

नयाँ कार्यसमितिले शिक्षा स्वास्थ्य, युवा सशक्तिकरण, महिला सहभागिता र कला-संस्कृक्तिको संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ। त्यस्तै, नेपाली समाज मेरिल्याण्डले नेपाली भाषा, भेषभूषा, लोकसंस्कृक्ति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी काम गर्न अध्यक्ष चन्दले बताए।

अध्यक्ष चन्दले युवाहरूलाई अनु‌शासित, सिर्जनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्न खेलका क्षेत्रमा पनि समाजले काम गर्ने बताए।

प्रतिक्रिया