राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय सम्हालेको १०० औं दिन मनाइरहँदा बिश्वकै धनाढ्य व्यक्ति इलन मस्क नेतृत्वको सरकारी दक्षता बिभागका( डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (DOGE) ले संघीय सरकारले गरेको फजुल खर्च, भ्रष्टाचार र दुरुपयोगबाट कम्तीमा १६० बिलियन डलर कटौती गरेको जनाएको छ।
फक्सन्युजको एक कार्यक्रममा इलन मस्कले भने, “यो छोटो समयको योजना होइन, लामो यात्राको सुरुवात हो। हामी एकपटक ध्यान हटायौं भने फजुल खर्च फेरि फर्किन्छ।”
सरकारी दक्षता बिभागले युएसएआईडीमा ६० बिलियन डलर बराबरका करिब १५,००० अनावश्यक अनुदान हटाउने योजना बनाएको छ। जसले लगभग ९०% वैदेशिक सहायता खर्च समेट्छन्।
हालै सरकारी दक्षता बिभागले विविधता, समता र समावेशिता मा भएको सयौं मिलियन डलरको खर्च कटौती गरेको छ। संघीय कर्मचारी घटाउने प्रयास समेत भइरहेका छन्।
इलन मस्क भन्छन्, “फजुल खर्चको सयौं घटनाहरू हेर्दा अब अचम्म लाग्न छोडिसकेको छ, यो हाम्रो दैनिक कामजस्तै भएको छ।” तर यी प्रयासहरू विपक्षी सांसदहरू र केही जनताबाट आलोचना भोगिरहेका छन्।
प्रतिक्रिया