फ्लोरिडा स्टेट युनिभर्सिटी (एफएसयु- फ्लोरिडा राज्य बिश्वबिद्यालय) मा बिहीबार भएको गोलीकाण्डपछि एक संदिग्ध व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको दुई प्रहरी स्रोतहरूले बताएका छन्।
कम्तीमा चार जना घाइते भएका अस्पताल स्रोतहरूले पुष्टि गरेका हुन्। अस्पतालका प्रवक्ताले गोलीकाण्डबाट प्रभावित बिरामीहरूलाई उपचार गरिरहेको र घटनाको विवरण आउने क्रममा रहेको बताए ।
प्रहरी स्रोतहरूका अनुसार प्रारम्भिक विवरणका आधारमा घाइतेहरूको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन।
सिएनएनका अनुसार २१ वर्षीया विद्यार्थी एमिली पाल्मर छात्र संघ नजिकै थिइन् । उनलाई “जोखिमपूर्ण स्थिति” को सूचना दिइएको थियो। उनले अगाडी भनिन् उनि साथीहरूको चिन्तामा चिन्तामा भएको बताइन । उनीहरू कक्षामा थिए, र प्रहरीहरूले हात माथी उठाउदै निकालेर लगेको बताइन ।
२० वर्षका जोशुआ सर्मान्स मुख्य पुस्तकालयमा थिए । उनले बताए अनुसार सक्रिय आक्रमणकारीको चेतावनी दिने सावधानी घन्टी (साइरन) बजाईएको थियो
फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स उथमायरले पनि आफ्नो कार्यालय घटनास्थलमा रहेको जानकारी दिएका छन्।
प्रतिक्रिया