राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज चाँडै पदबाट हट्ने तयारीमा रहेको खबर एविसिन्यूजले स्रोतहरू उद्धृत गर्दै बिहीबार जनाएको छ।
यो निर्णय त्यतिबेला आएको हो जब राष्ट्रपति ट्रम्प वाल्ट्जसँग असन्तुष्ट हुन थालेका थिए।
वाल्ट्जले एक पत्रकारलाई सिगनल च्याट(सन्देश आदान प्रदान)समावेश गरेपछि उनी गम्भीर आलोचनामा परेका थिए, जसले राष्ट्रपति ट्रम्पलाई झन् असहज बनाएको थियो।
स्रोतहरूका अनुसार राष्ट्रपति ट्रम्प चाँडै नै यो पद परिवर्तनको औपचारिक घोषणा गर्ने तयारीमा छन्।
वाल्ट्जको प्रस्थान राष्ट्रपति ट्रम्पको प्रशासनमा भइरहेको पुनर्संरचनाको अर्को संकेतको रूपमा हेरिएको छ।
सुरक्षा मामिलामा स्पष्टता र गोपनीयता अत्यन्तै संवेदनशील हुने भएकाले यस्तो गल्तीले राष्ट्रपति ट्रम्पको विश्वास गुमाएको विश्वास गरिएको छ।
यो घटनाले ट्रम्प प्रशासनभित्रको नीति, रणनीति, र सन्देश व्यवस्थापनमा थप चासो र चर्चा जन्माउने देखिन्छ।
प्रतिक्रिया