अमेरिकी जिल्ला न्यायाधीश फर्नान्डेज रोड्रिगेजले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालसालै प्रयोग गरिएको विदेशी शत्रु ऐनको प्रयोग “कानूनी सीमाभन्दा बाहिर” गएको ठहर गरेका छन्।
यो ऐन सन् १७९८ मा पारित गरिएको युद्धकालीन अधिकार हो, जसले सरकारलाई विदेशी नागरिकहरूलाई न्यूनतम कानूनी प्रक्रिया बिना नै देशनिकाला गर्न अनुमति दिन्छ।
ट्रम्प प्रशासनले मार्च महिनामा उक्त ऐनको प्रयोग गर्दै दुईवटा विमानमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे आरागुवा का संलग्न भनिएका व्यक्तिहरूलाई एल साल्भाडोरको खतरा कारागार पठाएको थियो।
तर, अमेरिकी आव्रजन तथा भन्सार प्रवर्तनका एक अधिकारीले मार्च १५ मा निर्वासित गरिएका धेरै व्यक्तिहरूको अमेरिकामा आपराधिक अभिलेख छैन भनि स्विकार गरेका थिए ।
यद्यपि अमेरिकी सर्वोच्च अदालतले ५-४ को मतमा ट्रम्प प्रशासनलाई यस्ता निर्वासन कार्यहरू पुनः सुरु गर्न अनुमति दिएको छ । तर यस शर्तमा पक्राफ परेकाहरूलाई आफ्नो निर्वासन विरुद्ध कानूनी चुनौती दिन उचित प्रक्रिया दिइनुपर्छ भनेको छ ।
प्रतिक्रिया