फ्लोरिडा स्टेट युनिभर्सिटी (एफएसयु ) को टलाहासी परिसरमा क्रियाशील बन्दुकधारी ‘एक्टिभ सुटर’ अर्थात् सक्रिय गोली हान्ने व्यक्ति भएको बिश्वबिद्यालयले पुष्टि गरेको छ। विश्वविद्यालयले आपतकालीन सूचना जारी गर्दै सबैलाई “शेल्टर-इन-प्लेस” (जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस्) आदेश दिएको छ।
दिउँसो १२:४८ बजेमा प्रकाशन गरिएको सन्देशमा भनिएको छ ,शेल्टर-इन-प्लेस अर्थात् जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस् । प्रहरीले बिधार्थी संघमा गोलीकाण्डको खबर पाएर प्रतिक्रिया दिइसकेको छ। थप जानकारीको लागि सतर्क रहन आग्रह गर्दै तत्काल सहायता आवश्यक परेमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
टलाहासी अस्पतालले गोलीकाण्डमा घाइते भएका व्यक्तिहरूलाई उपचार गरिरहेको पुष्टी गरेको छ। लियोन काउन्टीका सबै सरकारी विद्यालयहरू दिउँसो १२:१५ बजेदेखि बन्दाबन्दीमा राखिएको छ। घटनास्थलमा राज्य प्रहरी, दमकल, र अन्य सुरक्षा निकायहरू सक्रिय रूपमा परिचालित छन्। लियोन काउन्टी शेरिफ कार्यालयले उदग्रबिमान (हेलिकप्टर )परिचालन गरेर बिश्वबिद्यालय परिसरको निगरानी गरिरहेको छ।
स्थिति गम्भीर र संवेदनशील भएकोले सर्वसाधारणलाई सतर्क रहन तथा हल्ला नफैलाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया