बिद्यालय खाना बजेट रोकिएपछि ट्रम्प प्रशासन र मेन राज्य बीच सम्झौता, मेनद्वारा दायर गरिएको मुद्धा खारेज

इनेप्लिज २०८२ वैशाख २० गते ०:११ मा प्रकाशित

ट्रम्प प्रशासन र अमेरिकी राज्य मेनले शुक्रबार एक ऐतिहासिक सम्झौता गर्दै एक विवादास्पद मुद्धा टुंग्याएका छन्। यो मुद्धा ट्रम्प प्रशासनले मेनराज्यको बिद्यालय खाना कार्यक्रमको बजेट रोक्न खोजे पछि मुद्धा चलेको हो ।

साथै मेन राज्यले “ट्रान्सजेन्डर (परालैङ्गिक )खेलाडी सम्बन्धी नीतिका कारण प्रतिशोध” भएको आरोप लगाएको थियो।

शुक्रबार दिउँसो अदालतमा दर्ता गरिएको कागजात अनुसार, दुबै पक्षबीच सहमति भएपछि मेनका महान्यायाधिवक्ता कार्यालयले मुद्दा खारेज गर्न निवेदन दियो।

एबिसीन्यूजका अनुसार हालसम्म सम्झौताका विस्तृत सर्तहरू सार्वजनिक गरिएका छैनन्।

मेनका महान्यायाधिवक्ता आरोन एम. फ्रे ले भने, “संघीय कानुन र आफ्नै नियम पालना गराउन अदालत जानुपर्ने बाध्यता दुर्भाग्यपूर्ण हो। तर हामी खुशी छौं,आज मुद्दाको समाधान भएको छ ।र ,अब मेन कांग्रेसले निर्धारण गरे अनुसार बालबालिका र असहाय वयस्कहरूलाई खाना खुवाउने कोष प्राप्त गरिरहनेछ।”

गत महिना एक संघीय न्यायाधीशले कृषि विभागद्वारा बालपोषण सम्बन्धी करोडौं डलरको कोष रोक्ने प्रयास अवैधानिक भएको ठहर गर्दै अस्थायी रूपमा रोक लगाएका थिए।

यो विवाद राष्ट्रपति डोनाल्ड ट्रम्प र मेन गभर्नर जेनेट मिल्स बीच ट्रान्सजेन्डर एथलीट(परालैङ्गिक खेलाडी )हरूलाई महिला खेलकुदमा सहभागी हुन नदिने कार्यकारी आदेशपछि झन चर्किएको थियो।

प्रतिक्रिया