संवैधानिक अधिकारमाथि हमला: ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपिल दायर”

इनेप्लिज २०८२ वैशाख १९ गते २२:५९ मा प्रकाशित

ट्रम्प प्रशासनले शुक्रबार सर्वोच्च अदालतमा नयाँ आपतकालीन अपिल दायर गर्दै संघीय सरकारको संरचनामा सुधार गर्ने आफ्नो प्रयासमा तल्लो अदालतले लगाएको अवरोध हटाउन माग गरेको छ।

प्रशासनले सामाजिक सुरक्षा प्रशासन भित्रको संवेदनशील तथ्याङ्क पहुँचमा न्यायालयले लगाएको रोक कार्यकारी शाखाको संविधानप्रदत्त अधिकारमाथिको अवैध हस्तक्षेप हो भन्दै तर्क प्रस्तुत गरेको छ ।

“जिल्ला अदालत कार्यकारी शाखालाई आफ्ना सूचना प्रणाली परिमार्जन गर्ने जिम्मेवारी पाएका कर्मचारीहरूलाई ती प्रणालीमा रहेको तथ्याँक हेर्न रोक्न बाध्य गरिरहेको छ, किनभने अदालतको धारणा अनुसार ती कर्मचारीहरूले त्यस तथ्याँक ‘आवश्यक’ छैन भन्ने ठानिएको छ,” ट्रम्प प्रशासनका कानूनी सल्लाहकार जोन सावरले लेखेका छन्।

साथै, प्रशासनले मुद्दा दायर गर्ने संघीय कर्मचारीहरूको संघले यो मुद्दा चलाउने वैधानिक अधिकार नै राख्दैन । किनभने उनीहरूले कुनै प्रत्यक्ष वा ठोस क्षति देखाउन सकेका छैनन् भन्दै तर्क गरेको छ ।

यो मुद्दाले कार्यकारी शाखालाई आफ्नो दैनिक कामकाज स्वतन्त्र रूपमा सञ्चालन गर्न पाउने अधिकारमा सीधै असर पार्ने भएकोले ट्रम्प प्रशासन यस विरुद्ध दृढ रूपमा सर्वोच्च अदालतमा लड्ने तयारीमा छ।

यो मुद्दा कार्यकारी अधिकार, संघीय सुधार, र सूचना सुरक्षालाई लिएर एक संवेदनशील कानुनी लडाइँको केन्द्रमा पुगेको छ।

प्रतिक्रिया