संविधानविपरीत ट्रम्पको कार्यकारी आदेश खारेज: न्यायाधीशको कडा टिप्पणी, “यो सत्ता दुरुपयोग हो”

इनेप्लिज २०८२ वैशाख २० गते १:५१ मा प्रकाशित

संघीय न्यायाधीश बेरेल हवेलले शुक्रबार एक ऐतिहासिक फैसला सुनाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई स्थायी रूपमा असंवैधानिक घोषित गरेकी छिन्।

उक्त आदेश वकिल फर्म पर्किन्स कोइलाई लक्षित गरेर जारी गरिएको थियो, जसले सन् २०१६ मा ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टनको प्रतिनिधित्व गरेको थियो।

हवेलको निर्णय अनुसार, उक्त ट्रम्पको आदेशले अमेरिकाको संविधानको पहिलो, पाँचौँ र छैठौँ संशोधनको उल्लंघन गरेको छ। उनले आदेशलाई “सरकारी शक्तिको नांगो प्रदर्शन” भन्दै यसको आलोचना गरिन्।

“संविधानले यस्तो कार्यकारी कदमविरुद्ध महत्त्वपूर्ण सुरक्षा दिन्छ। राष्ट्रपतिको पदमा बसेको व्यक्तिले पनि प्रतिशोधस्वरूप अभिव्यक्तिको स्वतन्त्रतालाई दमन गर्न सक्दैन,” हवेलले १०० पृष्ठभन्दा लामो निर्णयमा लेखेकी छिन्।

उक्त आदेशले पर्किन्स कोइको सुरक्षा अनुमति, संघीय पहुँच, र सरकारी ठेक्कासँग सम्बन्धित पहुँचमा हस्तक्षेप गरेको थियो।

न्यायाधीश हवेल (ओबामाद्वारा नियुक्त) ले शेक्सपियर र बिल अफ राइट्स उद्धृत गर्दै ट्रम्पको आदेशमाथि तीव्र आलोचना गरिन्। उनले यस्तो लेखिन्, “लेट्स किल अल द लयर्स ’ भन्ने शेक्सपियरको पंक्तिलाई व्यंग्यात्मक तरिकाले प्रयोग गर्दै ‘मलाई मन नपर्ने वकिलहरूलाई हटाऊ’” भन्ने ट्रम्पको आदेशको भाव नै हो ।

यस्तो आदेश अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रतिनिधित्वको अधिकारमाथिको असंवैधानिक हमला हो भन्ने उनले निष्कर्ष निकालिन् ।

प्रतिक्रिया