ट्रम्पको खुलासा: “इरानलाई परमाणु सम्झौताको प्रस्ताव दिएका छौं, इरानले चाँडै निर्णय लिनु पर्छ ”

इनेप्लिज २०८२ जेठ ३ गते ११:१८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ परमाणु सम्झौताका लागि अमेरिकाले प्रस्ताव दिएको बताएका छन्। उनले चेतावनीसहित भने, “उनीहरूलाई थाहा छ—चाँडै निर्णय लिनुपर्छ, नत्र केही खराब, साँच्चिकै खराब कुरा हुन सक्छ।”

अहिलेको अवस्थालाई गम्भीर रूपमा लिइएको ट्रम्पले स्पष्ट पारे । इरानले ढिला गरे घातक परिणाम आउने संकेत दिए। “हामीले प्रस्ताव राखेका छौँ। अब उनीहरूको चाल कस्तो हुन्छ, त्यो हेर्न बाँकी छ,” उनले भने।

यसअघि ट्रम्पले इरानसँग कडा नीति अपनाउने प्रतिबद्धता जनाउँदै आएका थिए। अब वार्ताको ढोका खोलिए पनि उनले इरानमाथि दबाब कायम राख्ने संकेत दिएका छन्।

यो प्रस्ताव के कस्तो हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर ट्रम्प प्रशासनको भनाइ अनुसार यो “न्यायोचित तर कठोर सर्तहरू”मा आधारित छ।

प्रतिक्रिया