पूर्व एफबीआई निर्देशक जेम्स कोमीले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रकाशित (पोस्ट )गरेको ‘८६ ४७’ लेखिएको शंखहरूको तस्बिरले अमेरिका भरि हलचल मच्चाएको छ। ह्वाइट हाउसका अनुसार यो सन्देश राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको संकेत हुनसक्ने गम्भीर प्रयास हो।
कोमीको प्रकाशनमा समुद्री किनारमा शंखहरू प्रयोग गरी बालुवामा ‘८६ ४७’ अंक कोरिएको देखिन्छ। उनले लेखेका थिए, “मेरो समुन्द्र किनारको हिडाइमा देखिएको शंखहरूको सुन्दर बनोट।”
यद्यपि सामान्यतया देखिन सक्ने यस्ता अंकहरूको अर्थ गहिरो छ। अमेरिकी सांस्कृतिक संकेतअनुसार “८६” लाई कसैलाई मार्ने या हटाउने अर्थमा प्रयोग गरिन्छ भने “४७” ट्रम्पको राष्ट्रपति क्रम संख्या हो—४७ औं राष्ट्रपति।
यो प्रकाशित पछि व्यापक विरोध भएको छ । ट्रम्पका छोरा, सांसदहरू र सरकारी अधिकारीहरूले आक्रोश व्यक्त गरेपछि कोमीले प्रकाशन हटाए र स्पष्टीकरण दिए—“मलाई थाहा थिएन यस्ता अंकहरू हिंसासँग सम्बन्धित छन्। म हिंसाको विपक्षी हुँ।”
ह्वाइट हाउस उपप्रमुख टेलर बुडोविचले कोमीको कदमलाई “अत्यन्तै चिन्ताजनक” भन्दै ट्रम्प हाल मध्यपूर्व भ्रमणमा रहेको बेलामा यस्तो संकेत झनै खतरनाक भएको जनाए।
यहीबीच, गुप्तचर संस्था सेक्रेट सर्भिस ले अनुसन्धान प्रारम्भ गरेको पुष्टि गरिएको छ। टेनेसीका ट्रम्प समर्थित सांसद टिम बर्चेटले कोमीलाई पक्राउ गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया