दुई वर्षपछि पहिलोपटक रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता इस्तानबुलमा सुरु भएको छ। यस उच्चस्तरीय बैठकमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री रुस्टेम उमेरोभले गरिरहेका छन् भने रूसी पक्षको नेतृत्व क्रेमलिन सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गरिरहेका छन्।
वार्ता टर्कीका विदेशमन्त्री हाकान फिदानको अध्यक्षतामा सञ्चालन भइरहेको छ। सन् २०२२ यता पहिलोपटक दुवै देशका प्रतिनिधिहरू आमनेसामने भएका हुन्। वार्तामा टर्कीका अधिकारीहरू पनि सहभागी छन्।
वार्ता सुरु हुँदा दुबै पक्षबीच हात मिलाउने औपचारिकता नगरीकनै वार्ता अघि बढाइएको थियो । जसको अर्थ वातावरण अझै चिसिएको देखाएको छ
विश्लेषकहरूका अनुसार, युद्ध अन्त्यको प्रयासमा यो वार्ता एक महत्वपूर्ण मोड हो, तर विश्वास निर्माणका लागि अझै ठूला कदम आवश्यक छन्।
प्रतिक्रिया