राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यथासिघ्र वार्ता गर्न चाहेको बताएका छन्। शुक्रबार ट्रम्पले भने, “हामी यो गर्न गइरहेका छौँ। वास्तवमै यो अबको समय हो।”
ट्रम्पले पुटिनसँगको भेट जति सक्दो चाँडो मिलाउन सकेपछि हुने बताएका छन्। “म त यताबाटै जान तयार छु। यद्यपि म मेरी छोरी टिफनीले जन्माएको सुन्दर नातिलाई पनि भेट्न चाहन्छु,” उनले हाँस्दै भने।
उनले विश्व “२–३ हप्तामै धेरै सुरक्षित हुन सक्ने” संकेत पनि गरे। “हाल विश्व धेरै सुरक्षित भइसकेको छ, र मेरो विश्वास छ—२ वा ३ हप्तामा यो अझ सुरक्षित बन्न सक्छ,” उनले थपे।
गाजाको विषयमा पनि ट्रम्पले चिन्ता व्यक्त गर्दै भने, “हामी केही गम्भीर समस्या सुल्झाउने तयारीमा छौँ। गाजामा धेरै मानिस भोकमरीको चपेटामा छन्। धेरै खराब कुराहरू भइरहेका छन्, र हामी त्यसको समाधानमा लागिरहेका छौँ।”
युक्रेनको युद्धबारे ट्रम्पले स्पष्ट रूपमा भने, “प्रत्येक हप्ता करिब ५,००० युवाहरू मारिएका छन्। हामी यो अन्त्य गर्नेछौँ।”
प्रतिक्रिया