संयुक्त अरब इमिरेट्स (यूएई) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ ज़ायेद’ प्रदान गरेको छ। बिहीबार अबुधाबीमा आयोजित समारोहमा यो सम्मान दिइएको हो।
एक कार्यक्रम सञ्चालिकाले भनिन्, “राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राज्य अमेरिका र यूएईबीचको मित्रता तथा रणनीतिक साझेदारीलाई मजबुत बनाउने उल्लेखनीय प्रयासको मान्यता स्वरूप, महामहिम शेख मोहम्मद बिन ज़ायेद अल नाह्यानले ट्रम्पलाई ‘अर्डर अफ ज़ायेद’ प्रदान गर्नुभएको छ।”
यूएईको विदेश मन्त्रालयले स्पष्ट पर्दै भन्यो “यो सम्मान यूएईको संस्थापक शेख ज़ायेदको नाममा राखिएको सर्वोच्च नागरिक पदक हो, जुन विश्व नेताहरू र राष्ट्रप्रमुखहरूलाई प्रदान गरिन्छ।”
यो अवसर राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको अन्तिम बिन्दु पनि हो। उनी २०२५ को ऐतिहासिक भ्रमणमा यूएई पुगेका पहिलो अमेरिकी राष्ट्रपति बने, सन् २००८ मा राष्ट्रपति जर्ज डब्ल्यू. बुशपछि पहिलोपटक अमेरिकी राष्ट्रपतिको यात्रा भएको हो।
ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी विदेश मन्त्रालयले अबुधाबीलाई १.४ बिलियन डलर बराबरको सिएच-४७ एफ चिनूक उदग्रबिमान( हेलिकप्टर) र एफ-१६लडाकु विमानका पूर्जा बिक्रीको घोषणा पनि गर्यो।
यसै मार्चमा यूएईले अमेरिकामा १.४ ट्रिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो, जसमा एआई (कृतिम बुद्धिमत्ता)पूर्वाधार, सवारी साधनका उपकरण (सेमिकन्डक्टर), ऊर्जा र उत्पादन क्षेत्रहरू समावेश छन्।
प्रतिक्रिया