म्यानमारमा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३,३५४ पुग्यो, ४,८५० जना घाइते र २२० जना अझै बेपत्ता

इनेप्लिज २०८१ चैत २२ गते ११:५४ मा प्रकाशित

म्यानमारमा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३,३५४ पुगेको छ भने अझै सयौं अझै बेपत्ता भएका छन् ।

गत मार्च २८ मा ७.७ परिमाण (रेक्टर स्केल)को भूकम्पले म्यानमार र थाईल्याण्डमा थुप्रै मानवीय क्षतिको साथै आर्थिक क्षति पुर्याएको छ । अझै पनि मानवीय अझै बढ्दो क्रममा रहेको एपीले जनाएको छ। म्यानमारको सरकारी संचार माध्यम एमआरटिभीका अनुसार देशमा हालसम्म मृत्यु हुनेको संख्या ३,३५४ पुगेको छ।

भूकम्पका कारण ४,८५० जना घाइते भएका छन् भने २२० जना अझै पनि हराइरहेका छन्। म्यानमारसँगै थाईल्याण्डको राजधानी बैंककमा पनि कम्तिमा २३ जनाको ज्यान गएको छ। मार्च २८ मा गएको उक्त शक्तिशाली भूकम्पले राजधानीमा निर्माणाधीन एउटा अग्लो भवन भत्किएपछि मात्र १५ जनाको मृत्यु भएको बताइएको छ। दर्जनौं मानिस अझै हराइरहेका छन्।

भूकम्पपछि म्यानमारमा उद्धार र राहत कार्य जारी रहेका छन्। चीन र रूस लगायतका केही राष्ट्रहरूले उद्धार टोली तथा प्रकोप व्यवस्थापन टोली पठाएका छन्। तर, अमेरिकाबाट कुनै पनि औपचारिक उद्धार टोली नपठाइएको उल्लेख गरिएको छ।

एपीका अनुसारराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडि ) लाई खारेज गर्ने प्रयास गरिरहेको अवस्थामा अमेरिकी उद्धार टोलीहरूको अनुपस्थिति देखिएको हो।

भूकम्पले धेरै क्षेत्रहरूमा संरचनागत क्षति पुर्‍याएको छ। हराइरहेका व्यक्तिहरूको खोजीमा समयसँगै चुनौती थपिँदै गएको छ। स्थानीय सरकार तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत उद्धार प्रयासहरू जारी छन्।

पूर्व प्रकाशित सबै समाचार यसै समाचारमा संलग्न गरिएको छ :

प्रतिक्रिया