अमेरिकाको जर्जिया राज्यको आकवर्थ वाल्मार्टमा बच्चा अपहरणको आरोप लागेका भारतीय मूलका महेन्द्र पटेलले भने आफू केवल मद्धत खोजेको बताएका छन् ।
तर पीडित आमाका अनुसार ती व्यक्तिले उनको बच्चा चोर्ने प्रयास गरेका थिए ।
महेन्द्र पटेल नामका ती व्यक्ति एक हप्तादेखि कुनै धरौटी बिना कब काउन्टी कारागार मा छन्। अब उनका वकिल आश्ली मर्चेन्टले उनको तर्फबाट बयान दिएकी छन्।
“उनी यो समुदायमा धेरै वर्षदेखि बस्दै आएका छन्। उनकी श्रीमती चिकित्सक हुन्। उनी एक अवकाशप्राप्त इन्जिनियर(अभियन्ता) हुन् र कब काउन्टीमा धेरै सम्पत्तिका मालिक पनि हुन्। उनी कुनै आपराधिक मानसिकता भएका व्यक्ति होइनन्,” मर्चेन्टले बताईन ।
घटनाका बेला क्यारोलिन मिलर नामकी आमाले आफ्ना बालबालिकासँग वालमार्टमा पटेलसँग भेट भएको बताइन्। मिलरका अनुसार, पटेलले ज्वरोको ओखती (टाइलेनोल )पत्ता लगाउन मद्दत मागिन , र उनले देखाउने क्रममा पटेलले उनको दुई वर्षीय छोरालाई समाते।
“हामी दुवै तानातान गरिरहेका थियौँ,” मिलरले भनिन्।
पटेलका वकिल मर्चेन्टले भनिन् , “यदि कसैले साँच्चै बच्चा चोर्न खोजिरहेको भए, उसले वालमार्टमा १० मिनेटसम्म स्वतन्त्र रूपमा हिँड्न पाउने थिएन। उनले केवल टाइलेनोल खोजिरहेका थिए र मद्दत मागेकी थिइन् । बच्चाकी आमा दुई पाङ्ग्रे सवारीमा थिइन्, दुई बच्चालाई समातेर उभिएकी थिइन्। पटेललाई लाग्यो कि बच्चा लड्न सक्ने हुनाले त्यसैले उनले समाउन खोजेका थिए।”
मिलरले प्रहरी बोलाएपछि पटेललाई केही दिनपछि पक्राउ गरियो। “मलाई आशा छ ,पटेलले दिएको व्याख्या सत्य हो,” मिलरले भनिन्।
आकवर्थ प्रहरीले घटनाको कैद भएको सुरक्षा श्रब्यदृश्य (भिडियो )सार्वजनिक नगर्ने बताएका छन्। पटेलका वकिलले उक्त श्रब्यदृश्य (भिडियो )अदालतमा प्रस्तुत गराउन खोजिरहेका छन्।
पटेलमाथि लागेको अपहरणको गम्भीर आरोपका कारण उनलाई हाल कुनै धरौटी दिइएको छैन। उनका वकिलले आगामी सुनुवाइमा धरौटीको माग गर्नुका साथै मुद्दा खारेज गर्न अनुरोध गर्ने बताएकी छन्।
अमेरिकामा कहिलेकाहीँ आवश्यकताभन्दा बढी सहयोग गरियो भने दुःख पाइन्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।
प्रतिक्रिया