ट्रम्पको अध्यादेशविरुद्ध न्यायिक हस्तक्षेप: भेनेजुएलाली शरणार्थीको देश निकाला रोक्दै अमेरिकी न्यायाधीशको ऐतिहासिक निर्णय

इनेप्लिज २०८२ जेठ २० गते २२:५४ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनद्वारा लागू गरिएको बिदेशी शत्रु ऐन अन्तर्गत एक भेनेजुएलाली आप्रवासीको देशनिकाला तत्काल रोकेको छ।

न्यायाधीश जोन होलकोम्बले निर्णय सुनाउँदै भने, “सरकारले पर्याप्त सूचना र न्यायिक प्रक्रिया नदिएसम्म कसैलाई निष्कासन गर्न पाइँदैन।”

यो मुद्दा डार्विन एन्टोनियो एरेभालो मिलान नामका भेनेजुएलाली नागरिकको हो, जो क्यालिफोर्निया अडेलान्तोमा रहेको आईसिइको हिरासतमा छन्। उनी भेनेजुएलाली शासनका कट्टर विरोधी हुन् र अमेरिकामा शरणको निवेदन दिई काम तथा बसोबासको अनुमति पाएका थिए।

आईसिइले उनलाई नियमित जाँचको क्रममा पक्राउ गरेको थियो, र भनिएको छ कि उनको कलान्यास (ट्याटू) ट्रेन दे आरागुवा नामक कुख्यात गिरोहसँग सम्बन्धित देखिएकोले उनलाई खतरनाक मानिएको थियो। एरेभालोले आफू र अन्य भेनेजुएलाली नागरिकहरूको तर्फबाट मुद्दा दायर गर्दै कम्तिमा ३० दिनअघिको सूचना अनिवार्य गर्न अनुरोध गरेका छन्।

यद्यपि न्यायाधीशले ट्रम्पलाई बिदेशी शत्रु ऐनप्रयोग गर्ने “असीमित अधिकार” रहेको स्वीकारे पनि, निष्कासन अघि न्यायिक प्रक्रिया अनिवार्य छ भन्ने ऐतिहासिक व्याख्या दिएका छन्।

यो फैसला अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई ५ लाख शरणार्थी (क्युबा, निकारागुआ, भेनेजुएला) को अस्थायी संरक्षित अवस्था(अर्थात् टिपिएस हटाउने बाटो खोलेको केही दिनपछि आएको हो।

प्रतिक्रिया