अमेरिकाको जर्जिया वालमार्टमा भारतीय मूलका पटेललाई वच्चा अपहरण प्रयासको आरोपमा गिरफ्तार

इनेप्लिज २०८१ चैत ९ गते २२:४३ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्य स्थित एक वालमार्टमा भारतीय मूलका महेन्द्र पटेललाई वच्चा अपहरण प्रयासको आरोपमा गिरफ्तार गरिएको छ ।

जर्जिया राज्यको केनेसका ५६ वर्षीय महेन्द्र पटेललाई आकवर्थको वालमार्टमा अपहरण प्रयासको आरोपमा गिरफ्तार गरिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार पटेलले एक आमालाई ज्वरोको प्रसिद्ध औषधी टाइलेनोलको बारेमा प्रश्न सोधेका थिए । त्यसपछि उनको बच्चा अपहरण गर्न प्रयास गरेको विभिन्न पत्रपत्रिकाले समाचार लेखेका छन् ।

घटनाको तीन दिनपछि पटेललाई पक्राउ गरी उनीमाथि विभिन्न सामान्य अपराध र एक गम्भीर अपराध अर्थात् अपहरणको आरोप लगाइएको छ।

पटेललाई अहिले कब काउन्टी शेरिफको कार्यालयमा धरौटीबिना थुनामा राखिएको छ। यो घटना मार्च १८ मा ३१०५ कब पार्कवेमा रहेको वालमार्टमा भएको थियो।

अकवर्थका जासुसहरूले निगरानी श्रब्यदृश्य (भिडियो)को मद्दतले उनलाई पत्ता लगाएका थिए। पटेललाई साधारण आक्रमण, साधारण कुटपिट , र अपहरणको आरोपमा पक्राउ गरिएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार पटेलले बच्चा समात्ने प्रयास गरेपछि आमा आफ्नो बच्चासहित सुरक्षित रूपमा त्यहाँबाट भाग्न सफल भइन् । त्यस पछि पटेल वालमार्टबाट भागेका थिए।

स्मरण रहोस ,अमेरिकामा बालबालिकाहरुलाई चिनेको छैन र केटाकेटीहरु खेली रहेको अवस्थामा पनि अपरिचितले सोध्नु हुदैन । झन् गाडी नजिक लगेर या नजिक गएर सोधेमा मात्र छिमेकले प्रहरी बोलाई दिन्छन । हामी नेपाली भारतीय मूलका जो कोही या बृद्ध या वयस्कले नेपाल र भारतमा गरे झैँ बालबालिकासँग माया गर्ने या प्रेम गर्ने हुँदा त्यस्तै सम्झने गर्दा समस्यामा परिन्छ । नेपाल जस्तै सम्झँदा अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुलाई पनि यस्तै आरोप लागेको केही समाचारहरु हामीले पढेका छौ र सुनेका छौ ।

अमेरिकामा बसोबास गर्ने जो कोहीले पनि अपरिचित बालबालिकाहरुसंग नेपाल जस्तै माया प्रेम गर्दा कानुनी समस्या हुने अवगत गराउनु तपाई हामी सबैको दायित्व हुन्छ ।

इनेप्लिजले प्रकाशित गरेको यसै सम्बन्धी पुरानो लेख समेत संलग्न : अमेरिकामा अपरिचित बालबालिकासंग सवारी साधन रोकेर बोल्दा पनि किन आपत पर्छ ?

तस्बिर कृतज्ञता : आकवर्थ प्रहरी बिभाग

बिभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरु :

https://www.11alive.com/article/news/crime/acworth-police-arrest-kennesaw-man-walmart-child-abduction-attempt/85-6ecb4855-b356-4219-b88e-0977cc635104

https://www.wsbtv.com/news/local/cobb-county/man-charged-with-trying-kidnap-child-acworth-walmart/XYP6IRDQEJFYPJTPHLTZBBW2OY

https://www.yahoo.com/news/kidnapping-attempt-thwarted-acworth-walmart-194638834.html

https://www.fox5atlanta.com/news/kidnapping-attempt-thwarted-acworth-walmart

प्रतिक्रिया