अमेरिकामा अपरिचित बालबालिकासंग सवारी साधन रोकेर बोल्दा पनि किन आपत पर्छ ?

इनेप्लिज २०७५ भदौ ५ गते २०:४३ मा प्रकाशित

 

विजय थापा,अमेरिकाका छिरिक्क गर्दा पनि तातो गोली खाएर ज्यान गुमाएका समाचार पढछौ र सामाजिक संजालमा देख्दछौ । अमेरिकामा आफ्नो सुरक्षाको लागि बन्दुक राख्न पाईने हुनाले दुरुप्रयोग भै निर्दोष महिला,पुरुष तथा बालबालिकाको ज्यान गएको घटना हाम्रो स्मृति पटलमा अझ ताजै छ ।

अपरिचित घरमा गाडी रोक्ने र घर भित्र छिर्ने प्रयास गरे तातो गोलिको शिकार सम्म भएको कैयौ घटना हामी सामू छर्लंग छ l अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीलाई यस कुरामा जानकारी छ ।

तथापी नव आगन्तुक तथा भर्खर नेपालबाट आएकाहरुलाई यस्ता बिषयमा बुझ्न निकै समय लाग्दछ l अमेरिकामा आफ्नो सुरक्षा हेतु नागरिकलाई बन्दुक राख्ने अधिकार छ l तर यहि बन्दुकको दुरुप्रयोगको कारण अमेरिकाको क्यालिफोर्निया ,टेक्ससको चर्चमा नर संहार पछिल्ला ज्वलन्त उदाहरण हुन् l

भिडमा हिड्यो कसले कतिखेर गोलि चलाउछ भन्ने डर हुन्छ ? जहिले पनि सतर्क भएर हिड्नु पर्ने ,चलचित्र गयो त्यहाँ अनि त्यस्तै सावधानी अपनाउनु पर्ने स्थिति छ l मूर्ख ,पागल संग केहि लाग्दैन l कति खेर सन्की चढ्छ गोलि अन्धाधुन्ध चल्दछ l तर अमेरिकामा बालबालिका, आफ्ना सन्तान, छोरोछोरी को खुशीको लागि किनिएको खेलौना बन्दुक पनि घातक सिद्ध भएको कैयौ उदाहरण छन् l

अमेरिकामा बालबालिकालाई सबै प्रकारका खेलौना किन्ने चलन छन् तर बन्दुकको खेलौना किन्ने निम्न चलन रहेको छ l अमेरिकाको कैयौ राज्यहरुमा खेलौना बन्दुक प्रतिबन्धित पनि छ l र ,अमेरिकन आमबुवाले कहिले पनि खेलौना स्वरुप बन्दुक दिने हत्तपत्त गर्दैनन् l तर नेपालमा बालबालिका ,छोराछोरी र आफ्ना सन्तानलाई सरल रुपमा किनी दिन्छौ l तर अमेरिकामा नव आगन्तुक र यस बिषयमा ज्ञान छैन भने पूर्ण सावधानी अपनाउनु पर्छ l नत्र किशोर किशोरीहरुलाई बन्दुकको खेलौना दिंदा ठुलो दुर्घटना हुन पनि सक्छ l

यसरी बाटोमा र कतै सार्वजनिक रुपमा खेलौना बन्दुक संग खेलेको देखियो भने छिमेकी र अन्य देख्नेले तुरुन्तै खबर गरि दिन्छन । र अकालमा प्रहरीले गोलि चलाउन पनि सक्छ l बिगतमा यस्ता घटना भएका हुनाले हामी साबधानी हुनु अपरिहार्य छ l

त्यस्तै हामी कसैले पनि अपरिचित घरमा गाडी रोक्न पनि जोखिम हुन्छ l तर नरोक्ने भन्ने होईन् l यसरी अपरिचित स्थान, घरमा दिउँसो भन्दा रात्री समयमा आफ्नो सवारी साधन रोकी शंकास्पद रुपमा गतिबिधि गरेको छ भने प्रहरी आएर सोधपुछ मात्र नभई पक्राउ परेर समेत लान सक्ने हुन्छ l झन् अपरिचित मानिसले कुनै घरका बालबालिकासंग बोलेको देख्यो भने मात्र अपहरणको समेत दोष लाग्ने सम्भावना हुन्छ l

राम्रो नियत भएता पनि नदुखेको टाउको त्यतिकै दुख्नु पर्ने हुन्छ l झुक्किएर पनि रात्री समयमा अर्कोको आँगन र वाहन मार्गमा रोके भने घरपेटीले गोलि पनि चलाएका छन l र ,गोलि चलाए पनि दोष नलाग्ने हुने हुन्छ l घर मालिकले आफ्नो जीवन जोखिम लागेकोले गोलि चलाएको भन्दा माफ पनि हुने कैयौ घटना घटेका छन् l तसर्थ यसमा पनि हामि गम्भीर हुनु पर्छ l र अकालमा कालको मुख बाट बच्न सकिन्छ l

अपरिचित तथा झुक्किएर पनि रात्रिको समय या दिउँसो पनि घर भित्र पस्न प्रयास गरे ठुलो दुर्घटना हुन् सक्छ l अधिकांश अमेरिकनको घरमा बन्दुक रहने हुनाले आफ्नी ज्यानको सुरक्षा को रक्षार्थ गोलि चलाएको भन्दा माफ पनि हुने बिगतमा घटना घटेका छन् l मादक पदार्थ सेवन गरि आफ्नो छिमेकीको घरमा चाबी खोल्ने क्रममा पनि गोलि प्रहार गरिएको घटना अमेरिकामा रहेकोले बढो सतर्क हुनु पर्ने हुन्छ l

किनभने नेपाल जस्तो यहाँ आफ्नो छिमेकिलाई पनि चिनिदैन l अर्को कुरा छिमेकीको पनि त्यति भर गरिदैन l आफ्नो र परिवारको सुरक्षाको लागि आफ्नो जीवन गुमाउन लागेको छु भनि प्रहरीलाई खबर गरे गोलि हान्न समेत भनेर प्रहरीले अनुमति दिन्छ ।

यति मात्र हैन, आफ्नै छिमेकीको घरमा निहालेर हेर्यो भने पनि प्रहरीले समातेर लागेको घटना घटेका छन् l पल्याक पुलुक र हाउभाउ अलिक असाधारण जस्तो गरे भने पनि आफूले तातो गोलि खान सकिने सम्भावना हुने हुन्छ l

अमेरिकामा सरल रुपमा बन्दुक उपलब्ध हुने हुनाले हामी सावधान र सतर्क हौ यसैमा हाम्रो कल्याण हुने छ l हामीले तातो गोलि कहिले खानु पर्दैन र खान पनि नपरोस भन्दै यस कुरालाई मनन गरौ l नव आगन्तुकले यस कुरामा ध्यान पुर्याउन l यहि मेरो सुझाव छ l

प्रतिक्रिया