वैदिक सव्यता : मानव जीवनको आधार 

सीता ओझा २०८२ जेठ १९ गते १:०७ मा प्रकाशित

वैदिक सभ्यता भन्नाले प्राचीन सिन्धु सव्यता/ जम्भुदिपबाट विकसित भएको एक सांस्कृतिक, धार्मिक र सामाजिक प्रणालीलाई जनाउँछ । यसको आधार विशेषगरी वैदिक साहित्यको ऋग्वेद, सामवेद, यजुर्वेद, र अथर्ववेदमा रहेको छ। यो सव्यताका मुख्य विशेषताहरू निम्नानुसार छन्:

धार्मिक प्रथा: वैदिक सभ्यतामा यज्ञ र पूजा-अर्चनाको महत्त्वको प्रारम्भ गर्दै विभिन्न देवताहरूलाई समर्पित मन्त्रहरू सहित पुजा अर्चनाको विधि जोडिएको छ र मन्त्र वाचनको विधिलाई सिकाइको छ।

सामाजिक संरचना: यो सभ्यतामा चार वर्ण प्रणाली (ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद्र) को शुरुवात भएको मानिन्छ र यहि संगठन र कार्यविधिले समाजको संगठन र कार्य विभाजनको आधार अहिलेसम्म अवस्थित रहेको र पछिल्लो समय विभेदकारी वर्ण व्यवस्थामा प्रवेश गरेको भन्ने पनि छ।
शिक्षा र ज्ञान: वैदिक सभ्यता ज्ञानले संरक्षण र संचारमा जग बसाल्न मदत गर्यो। गुरुकुल,देवकुल,राजकुल आदि प्रणालीले विद्यार्थीहरू वेद, ज्योतिष, धर्मशास्त्र, आदिलाई पढाइ र सिकाइ सिपको रुपमा स्थापित हुन पुगे।

भाषिक विकास: संस्कृत भाषा वैदिक साहित्यको माध्यम हो, जसलेपछि जम्भुदिप या भारतीय उपमहादिपको साहित्यिक र शैक्षिक परम्परामा ठूलो प्रभाव पारेको भेटिन्छ ।

आध्यात्मिक र दार्शनिक विचार: वैदिक साहित्यले आत्मा, ब्रह्म, धर्म, कर्म, मोक्ष जस्ता विषयहरूमा चिन्तन गर्यो र यहि विषयलाई समाजसँग जोडिदियो ।यो तथ्यको आधारमा भन्दा बढी समाज,समाजको विकासको मूल्य,मान्यता र सामाजिकआर्थिक अनुशासनसँगै जोडेर लगियो ।विशेषगरी सिन्धु सव्यतासँग जोडिएको हिन्दू धर्मको दार्शनिक आधार तयार नै वैदिक सव्यता हो भन्दा उत्तम हुन्छ।

वैदिक सभ्यता विश्वको सबैभन्दा प्राचीन सभ्यताहरूमध्ये एक मानिन्छ ।यसले आजको जम्भुदिप क्षेत्रको ( दक्षिण एसिया ) संस्कृति, धर्म र दर्शनमा गहिरो प्रभाव छोडेको छ।

वैदिक सभ्यताका फाइदाहरु निम्नानुसार छन्:
धार्मिक र आध्यात्मिक ज्ञान: वैदिक साहित्यमा चार वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद, र अथर्ववेद) समावेश छन् । यो मानव जातिको लागि धार्मिक र आध्यात्मिक ज्ञानको एक प्राचीन र महत्वपूर्ण स्रोत हो। यी ग्रन्थहरूले जीवनको उच्च उद्देश्य र आत्म-ज्ञानको बारेमा बोल्छन्।

सामाजिक संरचना: वैदिक कालले एक संरचित समाज प्रणालीको आधार विकास गर्यो। यसले वर्ण व्यवस्था र आश्रम व्यवस्था समावेश गर्यो। यी व्यवस्थाहरूले समाजका कार्यहरूलाई विभाजित गरे र सामाजिक सद्भाव बढाउँन भुमिका खेलेको भेटिन्छ ।

शिक्षा प्रणाली: वैदिक सभ्यताले गुरुकुल प्रणाली सुरु गरि विद्यार्थीहरूलाई आफ्नो गुरुसँग बसेर शिक्षा प्राप्त गर्ने वातावरण बनायो ।त्यसबेलाको शिक्षा पद्धति व्यापक ज्ञान, नैतिकता, र व्यक्तिगत विकासलाई त्यो प्रणालीले प्रोत्साहन गर्दथ्यो।

वैज्ञानिक र गणितीय विकास: वैदिक गणितका सूत्रहरू, जस्तै “एकाधिकेन पूर्वेण” र “निखिलं नवतश्चरमं दशत:”, जटिल गणितीय समस्याहरूलाई सजिलो र छिटो तरिकाले समाधान गर्ने पद्धति विकास गर्यो।

अनुष्ठान र पूजा विधिहरू: वैदिक सभ्यताले धेरै यज्ञ, पूजा, र धार्मिक अनुष्ठानको प्रणाली विकास गरेको कारण आध्यात्मिक शुद्धिकरण र सामूहिक उत्सवको माध्यमबाट समाजलाई एकताबद्ध गर्नृ वातावरण बनायो ।

स्वास्थ्य र चिकित्सा: वैदिक साहित्यमा, विशेष गरी अथर्ववेदमा, प्राचीन चिकित्सा विज्ञानका नियमहरूको उल्लेख छ, जसले आयुर्वेदको आधार निर्माणमा मद्दत गरेको छ। यो स्वास्थ्य र रोग निवारणको लागि प्राकृतिक उपचारहरूमा आधारित विधाको आधार बन्यो ।

साहित्य र कला: वैदिक कालको साहित्यिक परम्पराले (अहिलेको दक्षिण एसिया, पहिलेको जम्भुदिप अथवा भारतीय उपमहादिप) साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । जसमा छन्दकविता, र गद्यका विभिन्न शैलीहरू समावेश थिए। यसले कला र संगीतको विकासलाई पनि प्रभावित पार्यो ।

कृषि र पशुपालन: वैदिक साहित्यमा विशेषगरी कृषिको विकासको बारेमा धेरै व्याख्या सहित कृषि प्रविधिहरू, फसलको विविधता, र पशुपालनमा प्रगति आदिमा केन्द्रीकृत गरिएको छ। ऋग्वेद आगोको विकाससँग जोडिएको छ। यजुर्वेद वायु,स्वाससँग सुर्य,ताप, यज्ञ र वाणीलाई सव्यताको आधार बनाएर सामुदायिक चिन्तनसँग जोडिएको छ।नैतिक मूल्य र मान्यतासँग दर्शन, वैदिक सभ्यता, धर्म, मानव जीवनका कर्तव्यहरुको परिभाषा गर्यो, जुन अहिले पनि पुर्वीय समाजको आचरणको आधार बनेको भेटिन्छ ।

तर अरविन्दको यो भनाइ अनुसार पुर्विय दर्शन बुझ्ने आधार भनेको उपनिसद हो” भनेर सुरुवात गराइएको अध्ययनले पश्चिमका विद्वानले वेदलाई पछि पर्न उपनिसदको अध्ययन गर्दा पुर्विय दर्शनको ज्ञान पूरा हुन्छ भन्ने कुराको प्रचार गर्न खोजेको देखिन्छ।आगोलाई हवन गर्ने कुरासँग मानव जीवनको इतिहास र सव्यताको सुरुवात भएको कुरालाई विर्साउन खोजिएको जस्तो देखिन्छ ।

यसरी हेर्दा आगोको विकासले नै मानव सव्यताको प्रारम्भ गर्यो भन्ने महत्त्वपूर्ण आधार वेदमा भेटिन्छ । उप निषदलाई पुर्विय दर्शनको आधार हो भन्नु वेद र पुर्विय मानव जीवनको विकासको सव्यतालाई पछि पार्नु हो।वेद विश्वको पुरानो र विशिष्ट लिखित ग्रन्थ हो, भन्ने कुरा स्थापित गर्न हामीले सनातनी सव्यतालाई बुझ्न खोज्नु पर्छ। कुन पुस्तक अघि र कुन पुस्तक पछि अथवा कहाँ को मानिस र ज्ञान पहिलो र कहाँको दोस्रो भन्ने कुरामा वहस गर्नु र गराउन खोज्नु दम्ब भित्र्याएर भेद गर्न हो। मानव जीवन पढ्दा मानव जीवनको विकासको सत्य खोज्नु पर्ने हुन्छ । यसरी मानव जीवनको विकासको सत्य खोज्दा वेद नै पहिलो लिखित ग्रन्थको रुपमा भेला परेको कुरा अहिलेसम्म सत्यको रुपमा भेटिएको छ ।

वेदको सांस्कृतिक विरासतभित्र वैदिक सभ्यताको प्रभावले जम्भुदिपिय संस्कृतिलाई आकार दिएको, सामाजिक,आर्थिक परम्पराहरू, चाडपर्वहरू, र सामाजिक रीतिथितिहरूको स्थिति समावेश गर्न सहयोग पुर्याएको भेटिन्छ । ती सामाजिक,सांस्कृतिक अवस्थाहरु आज पनि जीवित छन् र विरासतको रूपमा मान्दै अघि बढेको अवस्था छ। यो अवस्थाको चिरफार र समय सापेक्ष व्याख्याको आवश्यकता छ तर वेदको ज्ञानलाई आदिम ज्ञान मान्ने समुहले समय सापेक्ष पुर्न व्याख्याको कुरालाई पापको रुपमा ठान्ने र वेदको ज्ञानलाई हाउगुजी बनाउने रोगले सताएको देखिन्छ ।

मानव जीवनको विकास र पुर्विय सव्यतासँग जोडिएका आगो, ,स्वाससँग वायु,सुर्य,ताप, यज्ञ सामाजिककरण र अर्थ वेद वाणीसँग जोडिएको कुरा नै मानव जीवनको विकास र सव्यताको आधार हो । यसरी हेर्दा वेदबाट मानिसले जीवन जिउने कलाको सार भेटे, जसले जम्भुदिप / भारतीय उपमहाद्वीप मात्र होइन, विश्व सभ्यतामा पनि गहिरो प्रभाव पारेको छ भन्ने आधारको पनि विकास गर्यो।

सीता ओझा

प्रतिक्रिया