राष्ट्रपति ट्रम्पको आक्रोशपूर्ण प्रकाशन : डेमोक्र्याटहरूको असफलता ढाकछोप गर्न झूटको सहारा

इनेप्लिज २०८२ जेठ २० गते २३:५४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा शक्तिशाली र आक्रोशपूर्ण सन्देश पोष्ट गर्दै “ द वान ,बिग ,ब्युटिफुल बिल ” लाई लिएर डेमोक्र्याटहरूमाथि कडा प्रहार गरेका छन्।

उनले लेखे “धेरैजसो झूटा बयानहरू हाल ‘द वान ,बिग ,ब्युटिफुल बिल ’ बारेमा गरिंदैछ, तर कसैले बुझ्न सकेको छैन कि यो इतिहासकै सबैभन्दा ठूलो खर्च कटौतीको विधेयक हो — त्यो पनि धेरै फराकिलो रूपमा!”

तर ट्रम्पले स्पष्ट पार्दै भने यो विधेयकले सामाजिक सुरक्षा ,मेडिकेयर, वा मेडिकेड अर्थात् वरिष्ठ नागरिकहरूका लागि सरकारी स्वास्थ्य बीमा योजना तथा गरिब तथा कमजोर आर्थिक अवस्थाका व्यक्तिहरूका लागि स्वास्थ्य सहायता कार्यक्रम)कुनै कटौती गर्दैन। बरु यी सेवाहरूलाई डेमोक्र्याटहरूको असक्षमताबाट बचाइनेछ।

“डेमोक्र्याटहरू, जसले आत्मविश्वास र दिशा दुबै गुमाइसकेका छन्, अब झूट बोलेर आफ्नो अस्तित्व जोगाउने कोसिसमा छन्। उनीहरूले राजनीतिक इतिहासको सबैभन्दा ठूलो अपमान झेलेका छन्।”

ट्रम्पले डेमोक्र्याटहरूको नीति अमेरिकालाई विनाशतर्फ लैजान सक्ने चेतावनी पनि दिए। “हामी कटौती गर्ने हो भने त्यो भ्रष्टाचार, दुरुपयोग र बर्बादीका लागि हुनेछ — जुन काम डेमोक्र्याटहरूले चार वर्षमा कहिल्यै गरेनन्।”

राष्ट्रपति ट्रम्पको यो प्रकाशन आगामी चुनावी सन्देशको संकेत मानिएको छ, जहाँ खर्च कटौतीलाई बचत र राष्ट्रको संरक्षणको रूपमा प्रस्तुत गर्दै उनि डेमोक्र्याटहरूलाई थप दबाबमा ल्याउने रणनीतिमा छन् ।

प्रतिक्रिया