ह्वाइट हाउसले दावी गरेको केही घन्टा मै इरानले १०० भन्दा ज्यादा क्षेप्यास्त्र इजरायलमा प्रहार गरेको छ । इरानले कम्तिमा १८० वटा क्षेप्यास्त्र प्रहार गरेको आईडिएफले जनाएको छ ।
सिएनएन टोलीहरूले तेल अवीव, जेरुसेलम र हाइफा शहरहरूमा दर्जनौं मिसाइलहरू देखेको जनाएको छ । यसैबीच, जोर्डनको सेनाले एक विज्ञप्तिमा सयौं इरानी क्षेप्यास्त्रहरु इजरायल तर्फ प्रक्षेपण गरिएको बताएको छ ।
केही इरानी क्षेप्यास्त्रहरूले मध्य र दक्षिणी इजरायलमा प्रत्यक्ष असर गरेको इजरायली सेनाका प्रवक्ताले बताए। मानिसहरूलाई सुरुङ्गमा बस्न आह्वान गरिएको र त्यहा कुनै चोटपटक लागेको कुनै सूचना नभएको आईडिएफले बताएको छ । इरानको आक्रमणबाट कुनै मानवीय क्षति भने नभएको इजरायल रक्षा बलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले बताए । इजरायली सेना अड्डामा इरानी आक्रमण भएको दुई वटा नयाँ श्रब्यदृश्य सामाजिक संजालमा आएको सिएनएनले जनाएको छ ।
दक्षिणी इजरायलको नेभाटिम सैनिक अड्डामा धेरै क्षेप्यास्त्रहरु प्रहार भएको देखाईएको छ । इरानले यसअघि पनि गत अप्रिल १३ मा भएको आक्रमणमा सोही आधारलाई निशाना बनाएको थियो। इरानी अधिकारीहरूले पश्चिमी र दक्षिणी हवाई क्षेत्रमा विशेष गरी इराक, कुवेत र टर्की नजिकै ” द्वन्द्व क्षेत्र” अवस्थित भएकोले विमानहरुलाई चेतावनी दिएका छन् ।
आज इजरायल विरुद्ध इरानको आक्रमण गत अप्रिलमा इरानले गरेको आक्रमण भन्दा दोब्बर ठूलो भएको पेन्टागनका प्रवक्ता प्याट राइडरले मंगलबार बताए । साथै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इजरायलमा क्षेप्यास्त्र आक्रमण इरानको हित र नागरिकको रक्षामा भएको बताएका छन् । सामाजिक संजालमा उनले मंगलबारको कारवाही “हाम्रो शक्तिको अंश मात्र हो।”भन्दै चेतावनी दिएका छन् ।
यता लगभग ६,००० अमेरिकीहरू लेबनानबाट सम्भावित प्रस्थान गर्ने बारे थप जानकारीको लागि अमेरिकी विदेश विभागमाको ससम्पर्कमा पुगेको प्रवक्ता म्याथ्यू मिलरले मंगलबार भने। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलमाथिको इरानी क्षेप्यास्त्र आक्रमणलाई “पूर्ण रूपमा अस्वीकार्य” भनेका छन् । उनले यसको “पूरै विश्वले यसको निन्दा गर्नुपर्छ” । अमेरिकी नौसेना विध्वंसकहरूले इरानी क्षेप्यास्त्रहरू विरुद्ध दर्जनौं मारहान्ने उपकरणले रोकेको पेन्टागनले जनाएको छ ।
हमासले मंगलबार इजरायलतर्फ इरानी क्षेप्यास्त्र प्रक्षेपणको प्रशंसा गरेको छ । उनीहरूले हेजबुल्लाह नेता हसन नसरल्लाह, हमासका राजनीतिक नेता इस्माइल हनियाह र इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डर अब्बास निलफोरौसनको मृत्युको बदला लिए भनि प्रशंसा गरेको छ ।
इजरायली अधिकारीहरूले “महत्वपूर्ण प्रतिक्रिया” दिने वाचा गरेका छन् ।
यो भन्दा अघिल्लो समाचार हेर्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया