कोलम्बिया, मेरील्यान्ड – मे ३१, २०२५ । मेरील्यान्डमा रहेका नेपाली स्वास्थ्यकर्मी बीच आज कोलम्बिया शहरमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा आपसमा परिचय आदानप्रदान, नेटवर्क सुदृढीकरण, आत्म–उन्नति र सामाजिक सेवाका उद्देश्यहरूबारे छलफल गरिएको थियो।
बैठकमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरू बीच एकता, सहयोग र सेवाभाव अभिवृद्धिका लागि अस्थायी कार्यसमूह गठन गरेका छन्।
सहभागीहरूले विभिन्न संस्थाहरूसँगको सहकार्य, स्वयंसेवामूलक स्वास्थ्य सेवामा सक्रिय सहभागिता रहने निर्णय गरेको छ ! साथै भविष्यमा “५०१(c-3)” अन्तर्गत एक गैर-नाफामुखी संस्था दर्ता गर्ने विषयमा सहमति गरेका छन्।
छलफलमा आफ्ना दुख, कष्टहरू र अनुभव साटासाट गर्नुका साथै एकै सेवाका साथीहरू संग भेट्न पाउदा निकै खुशी र उत्साहित भएको अनुभव सुनाए !
तदर्थ कार्य समितिको संयोजकमा सुनिता बस्नेत थापा तथा सदस्यहरूमा क्रमस डा. अन्जु खरेल, लक्ष्मी खनाल ,यमुना गौतम, कविता खनाल, नविन केसी तथा निता चापागाई भुषाल रहेका छन् ।
त्यस्तै संरक्षकहरुमा क्रमस बिमु रिसाल भण्डारी तथा महेश भट्टराइ रहेका छन् ।
कार्यक्रममा जम्मा २२ जनाको उपस्थिति रहेको थियो। बैठकले नेपाली स्वास्थ्यकर्मीहरू बीचको सहकार्य र सेवा भावना थप प्रगाढ बनाउने विश्वास लिएको छ।
प्रतिक्रिया