ताजा समाचार : पेरिस सेन्ट-जर्मेनले इन्टर मिलानलाई ५-० ले हरायो

इनेप्लिज २०८२ जेठ १८ गते २१:५१ मा प्रकाशित

युरोपको सबैभन्दा प्रतिष्ठित यूईएफए प्रतियोगिताको अन्तिम चरण(फाइनलमा) पेरिस सेन्ट-जर्मेन ले ऐतिहासिक प्रदर्शन गर्दै इन्टर मिलानलाई ५-० ले पराजित गर्दै उपाधि हात पारेको छ।

बाभेरियाको मैदानमा यो विजयी क्षण पेरिसको लागि साँच्चिकै उत्सव जस्तै बनेको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पिएसजीका लागि पहिलो गोल आच्राफ हाकिमीले गरे। त्यसपछि डेजिरे डुएले दुई उत्कृष्ट गोल गर्दै इन्टरको रक्षापंक्तिमा झनै दबाब थपे।

त्यसपछि जर्जीयाली खेलाडी ख्विचा क्वाराट्स्खेलियाले एक गोल थपे। अन्तिम प्रहार सेनी मायुलुबाट भयो, जसले पाँचौं गोल गर्दै इन्टरको आशा पूर्णरूपमा समाप्त गरिदिए।

यो नतिजाले पेरिस सेन्ट-जर्मेनको इतिहासमा नयाँ अध्याय थपेको छ। क्लबले आफ्नो कडा मिहिनेत, युवा प्रतिभा र रणनीतिक समन्वयद्वारा च्याम्पियन्स लिग अर्थात् प्रतियोगिता उपाधि जित्न सफल भयो।

प्रतिक्रिया