इरान इजरायलमाथी क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको अमेरिकाको दावी, इरानलाई अमेरिकी चेतावनी 

इनेप्लिज २०८१ असोज १५ गते १६:४८ मा प्रकाशित

 इरानले इजरायलमाथी क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको अमेरिकाको दावी रहेको छ । इरानलाई अमेरिकाले चेतावनी दिएको छ ।

ह्वाइट हाउसले इरानले इजरायलमाथि प्राक्षेपिक क्षेप्यास्त्र  (ब्यालेस्टिक मिसाइल )आक्रमणको तयारी गरिरहेको विश्वास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इरानले इजरायलमाथि तुरुन्तै क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकाको विश्वास रहेको बताए ।

“संयुक्त राज्य अमेरिकाले इरानले इजरायल विरुद्ध तुरुन्तै क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको संकेत देखिएको छ,” एक पूर्ण विज्ञप्तिमा भनिएको छ।

“हामी सक्रिय रूपमा यस आक्रमणबाट इजरायलको रक्षा गर्न रक्षात्मक तयारीलाई समर्थन गर्दैछौं। इरानबाट इजरायल विरुद्ध प्रत्यक्ष सैन्य आक्रमणले इरानको लागि गम्भीर परिणामहरू निम्त्याउनेछ,”बिज्ञप्तीमा वताईएको छ ।

प्रतिक्रिया