वालिङमा ई रिक्सा सञ्चालन

इनेप्लिज २०७३ वैशाख १ गते ४:५७ मा प्रकाशित

वालिङ, १ वैशाख । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो ।

“वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भन्नुभयो – “अहिले विद्युत्बाट चल्ने पाँचवटा रिक्सामार्फत सेवा प्रारम्भ गरेका छौँ । आगामी दिनमा यसलाई बढाउँछौँ ।”

बिमासहित प्रतिरिक्साको लागत दुई लाख ७० हजार रुपैयाँ रहेको वालिङ नगर यातायात सङ्घले जनाएको छ । एउटा रिक्सामा ६ जनासम्म बस्न मिल्छ ।

प्रतिक्रिया