गैरआवासिय नेपाली संघ युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रम १०९ जनाबाट रक्तदान

इनेप्लिज २०८१ वैशाख १७ गते १०:३७ मा प्रकाशित

कम्पाला , युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासंग सहकार्य गरि आज आयोजना गररिएको रक्तदान कार्यक्रममा १०९ जना रक्त दाताले रक्तदान गरेका छन ।

युगान्डाको राजधानी कम्पालामा अवस्थित युगान्डाका लागि नेपाली मानार्थ बाणिज्य दुत डा. सुधिर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमामा राखिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले आज रक्तदान गरेका हुन ।

एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासिय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा पुर्ब अध्यक्ष बिनोद थापा, पुर्व बरिष्ठ उपाध्यक्ष धनराज गिरि, पुर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, लगायत वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा , कोषाध्यक्ष मालती राना, युवा संयोजक मुकेश मेहता, हस्तबहादुर थापा, नारायण बोहोरा, बिणा थापा, रबिन्द्र थापा, राजेश कंडेल, गोकर्ण श्रेस्ठ लगायत नेपालीहरुको कार्यक्रममा उल्लेख्य भुमिका रहेको थियो ।

गैर आवासिय नेपाली संघ युगान्डाले आयोजना गरेको यस कार्यक्रमलाई , नरेन शर्मा, बिणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली बाणिज्य दुत डा. सुधीर रुपारेलिया, एस. आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।

युगान्डामा रहेका नेपालीहरुबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसियसन, लगाएत भारतका विभिन्न प्रदेशका विभिन्न संस्था हरुबाट समेट प्रायोजकका रुपमा सहयोग मिल्नुको साथै स्थानीय जनताको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया