मेरिल्याण्डमा हुने इनास राष्ट्रिय सम्मान २०२५ कार्यक्रमको भब्य तैयारी हुदै , राजदुत,स्थानीय जनप्रतिनिधि ,संघसंस्थाका प्रतिनिधिको सहभागिता हुने

इनेप्लिज २०८२ जेठ २५ गते ०:२४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने इनास राष्ट्रिय सम्मान २०२५ कार्यक्रमको भब्य तैयारी भै रहेको आयोजक तर्फबाट पदाधिकारीहरुले ईनेप्लिजलाई बताएका छन् । आयोजकका अनुसार राजदुत,स्थानीय जनप्रतिनिधि ,संघसंस्थाका प्रतिनिधि लगायतको भब्य सहभागिता हुने भएको छ ।

कार्यकमलाई अझ भब्य बनाउन मेरिल्याण्डको छाता संगठन बाना ,म्याग्दी समाज ,पर्वत समाज लगायत बिभिन्न संघ/संस्थाहरुको पूर्ण साथ र सहयोग रहने छ ।

इनास अमेरिका राष्ट्रिय समितिको आयोजना तथा इनास मेरिल्याण्ड च्याप्टरको व्यवस्थापनमा ” अग्रजको सम्मान बाल-बालिकालाई प्रोत्साहन” मूल नाराका साथ “इनास राष्ट्रिय सम्मान २०२५” कार्यकमको आयोजना हुन् लागेको हो ।

उक्त कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रम मेरिल्याण्ड राज्यकोरोयल प्लेस बलरुममा हुने छ । कार्यक्रम आगामी जुन २१, २०२५ का दिन आयोजना हुने भएकोले यस क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदायलाई यसै मार्फत जानकारी आमन्त्रण गरिएको छ ।

बिश्व कै ७० भन्दा बढी राष्ट्रमा शाखा रहेको अन्तरास्ट्रिय नेपाली कलाकार समाज(इनास) ले नेपाली कला, संस्कृति ,भाषा, गीत-संगीत, चलचित्र, खेलकुद, समाजसेवा साथै समाजका विभिन्न क्षेत्रमा समर्पित रहि विशिष्ट योगदान पुराउनु हुने महानुभावहरुलाई इनास राष्ट्रिय सम्मान गरिने छ ।

साथै ख्यातिप्राप्त कलाकारहरुको साथै अमेरिकामा जन्मिएका र हुर्कदै गरेका नेपाली बालबालिकाहरुको नेपाली मौलिकता झल्कने सांस्कृतिक प्रस्तुति रहने यस बिशेष कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत महामहिम लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यमा बिश्वभरिका इनास प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र अमेरिकाभरि रहनु हुने ख्याती प्राप्त कलाकारहरुको बिशेष उपस्तिथिमा नेपाली मौलिक पन्चेबाजा सहित रातो गलैचा (रेड कार्पेट) समारोह भब्यताका साथ आयोजना गर्न गै रहेको हुदा यहाँको गरिमामय उपस्थितिको लागि निमन्त्रणा सहित इनासले सबैलाई अनुरोध गरेको छ ।

आमन्त्रित अतिथि तथा बिशेष आमन्त्रित बाहेक अन्य सहभागिता हुँदा दर्ता शुल्क(स-शुल्क)को व्यवस्था गरिए हुँदा सहभागी हुनेले दर्ता गर्न समेत आह्वान गरिएको छ । साथै त्यहा उपस्थित हुनेले आ-आफ्ना राष्ट्रिय पोशाकहरु तथा औपचारिक पोशकमा सहभागी हुन् समेत अनुरोध गरिएको छ ।

VENUE: ROYAL PLACE BALLROOM (1700 VAN BIBBER RD, EDGEWOOD, MD 21040)

DATE : 21ST JUNE 2025

TIME: SARP 5 PM TO 9PM

EVENT DRESS CODE: GUEST ARE KINDLY REQUESTED TO WEAR NATIONAL ETHNIC DRESS OR FORMAL OFFICIAL ATTIRE

भवदीय,

राहुल के सी

अध्यक्ष,

इनास अमेरिका राष्ट्रिय समिति परिवार

प्रतिक्रिया