इद–उल–अज्हा (बकर इद) पर्व, २०८२ को शुभकामना सन्देश

इनेप्लिज २०८२ जेठ २४ गते २२:५२ मा प्रकाशित

कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले इद–उल–अज्हा (बकर इद) पर्व, २०८२ को शुभकामना सन्देश दिनुभएको छ ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को अवसरमा सम्पुर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मवलम्बीहरूले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्याउँदै यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेमा पनि प्रदेश प्रमुखज्यूले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया