केन्यामा बाँध भत्किँदा ४० जनाको मृत्यु

इनेप्लिज २०८१ वैशाख १७ गते १०:२९ मा प्रकाशित

केन्यामा बाँध भत्किँदा ४० जनाको मृत्यु भएको एबिसीन्यूजले जनाएको छ ।

केन्याको पश्चिममा बाँध भत्किँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमी केन्यामा सोमबार बिहानै एउटा बाँध भत्किँदा र पानीले घरहरू बगाउँदा र मुख्य सडक काट्दा कम्तीमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्रेट रिफ्ट भ्याली क्षेत्रको माई महिउ क्षेत्रमा अवस्थित पुरानो किजाबे बाँध भत्किएको हो । केन्यामा जारी वर्षाको कारण बाढी आएको छ जसले पहिले नै लगभग १०० जनाको ज्यान लिइसकेको छ र विद्यालयहरू संचालन स्थगित गरिएको छ।

मध्य मार्च देखि देशैभरि भारी वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी अफ्रिकी क्षेत्र भारी वर्षाका कारण धेरै बाढीहरि आई रहेका छन् । त्यस्तै तान्जानियामा १५५ जनाको मृत्यु भएको छ भने छिमेकी बुरुन्डीमा २ लाख भन्दा भन्दा बढी मानिसहरू प्रभावित भएका छन्।

केन्याको मुख्य विमानस्थलमा शनिबार बाढी आएको थियो। केन्यामा दुई लाख भन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। बाढीको प्रकोप क्षेत्रका घरहरू डुबानमा परेका छन् र मानिसहरूले विद्यालयमा शरण खोजिरहेका छन्।

राष्ट्रपति विलियम रुटोले राष्ट्रिय युवा सेवालाई पीडितका लागि अस्थायी शिविरको रूपमा प्रयोग गर्न जग्गा उपलब्ध गराउन निर्देशन दिएका थिए।

प्रतिक्रिया