अमेरिकी सरकारको चेतावनीको बाबजुद ३ अमेरिकी चिकित्साकर्मी बिरामीको सेवा गर्न गाजामै रहने

इनेप्लिज २०८१ जेठ ५ गते १८:४७ मा प्रकाशित

अमेरिकी सरकारको चेतावनीको बाबजुद ३ अमेरिकी चिकित्साकर्मीहरु बिरामीको सेवा गर्न गाजामै रहने भएका छन् ।

अमेरिकी सरकारले उनीहरूलाई पछि निकाल्न नसक्ने अमेरिकी विदेश विभागको चेतावनीको बाबजुद तीन अमेरिकी स्वास्थ्यकर्मीहरू गाजामा रहने एबिसीन्यूजले समाचार लेखेको छ ।

त्यही रहने इच्छा गर्नेहरुमा स्वास्थ्य परिचारिका तामेर हसन ,चिकित्सक जोमाना अल-हिन्ती तथा चिकित्सक एडम हमावी रहेका छन् । २० जना अमेरिकी चिकित्सा पेशेवरहरूको समूह मध्ये यी ३ जनाले मात्र बिरामीहरूको उपचारमा मद्दत गर्न बाहिर आउन मानेनन्। ३ जना स्वास्थ्यकर्मीहरु बिरामीको सेवाको लागि नै समर्पित भएको देखिएको छ ।

गाजा छाडेका चिकित्सकहरूले “जेरुसेलममा रहेको अमेरिकी दूतावासको सहयोगमा सुरक्षाको लागि आफ्नो बाटो बनाएको र अगाडी बढी सकेको विदेश विभागका प्रवक्ताले भने।

प्रतिक्रिया