सिड्नीमा छुरा प्रहारपछि किशोरहरूले बन्दुक किन्न र यहूदीहरूलाई आक्रमण गर्ने योजना बनाएको प्रहरीको खुलासा

इनेप्लिज २०८१ वैशाख १७ गते ११:०८ मा प्रकाशित

सिड्नीमा छुरा प्रहारपछि किशोरहरूले बन्दुक किन्न र यहूदीहरूलाई आक्रमण गर्ने योजना बनाएको प्रहरीले खुलासा गरेको छ। सिड्नीको एक गिर्जाघर (चर्च)मा एक पादरीलाई छुरा प्रहार गरेको केही दिनपछि चार किशोरहरूले बन्दुक किन्न र यहूदी मानिसहरूलाई आक्रमण गर्ने योजना बनाएको सोमबार प्रहरीका कागजातमा उल्लेख गरिएको एबिसीन्यूजले जनाएको छ ।

१४ देखि १७ वर्ष उमेरका पाँच किशोरहरूलाई गत हप्ता बिहीबार सिड्नी अदालतमा आतंकवादी कार्यमा संलग्न हुने वा योजना बनाउने लगायतका अपराधहरूको दायरामा अभियोग लगाइएको थियो।

प्रहरीले उनीहरू सबै “धार्मिक रूपमा प्रेरित, हिंसात्मक चरमपन्थी विचारधारालाई पछ्याउने” र एउटा संजाल (नेटवर्क)को हिस्सा भएको आरोप लगाएको छ। जसमा अप्रिल १५ मा एक गिर्जाघरमा प्रत्यक्ष प्रसारणमै छुरा प्रहार गरिएको थियो ।

सिड्नी बाल अदालतमा पेश गरिएको प्रहरी तथ्य पत्रका अनुसार, गत हप्ता अभियोग लगाइएका दुई जना प्रतिवादीले अप्रिल १९ मा बन्दुक किन्ने विषयमा छलफल गरेका थिए ।

अष्ट्रेलियामा कडा राष्ट्रिय कानून अन्तर्गत बन्दुकको स्वामित्वमा कडा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया