सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

इनेप्लिज २०८२ जेठ २२ गते ०:५६ मा प्रकाशित

ईश्वरी न्यौपाने । सान् फ्रान्सिस्को (क्यालिफोर्निया)

नेपालीपन र संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यले अमेरिकाको सान् फ्रान्सिस्कोशहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्थानेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।

महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुने भएका छन् । श्रीमददेवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रमराखिएको छ । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवतबाचन गर्नु हुनेछ भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालनगर्नु हुनेछ ।

भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोही मण्डपमा भक्तजनले निजीपुजा पनि गर्न पाउने भएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्कमहोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारीदिनुभयो । ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएरगर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबैसर्दाम आयोजकले जुटाईदिने र भक्तजनहरु आएर पूजा गर्ने सुविधागरिएको हो’ दवाडीले भन्नुभयो । यी पूजाका लागि तोकिएको शुल्क तिरेरअग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेकदिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेकोकलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यत्रम छ ।यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरु क्लश बोकेर शोभायात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएकोमहोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेलेजानकारी दिनुभयो ।

भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छेनभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्तागर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भन्नुभयो– ‘नान्ससामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्तापरिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन्२०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्यकाम मात्र हुन्थ्यो ।

यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामासहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।

संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई

नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन गरेको छ । यसक्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँ भवन खरिदको कामभएको हो । भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउनेगरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीलेबताउनुभयो । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपकोरकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।

नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो ।त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यअघि २०२४को अगष्टमा भवन किन्ने तय भएपछी ३ महिनामा ७ लाख रुपैयाँ संकलनगरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीले जानकारी दिनुभयो।

धर्म संस्कृति प्रबद्र्धन मुल उद्देषयसँगै भवनको ऋण चुक्ताका लागि रकमजुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको कार्कीले बताउनुभयो । यज्ञसम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरुसमेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमाघनप्रसाद दवाडी र सह संयोजकहरुमा नारायण पोखरेल, बिष्णु घले, पशुपती कँडेल, मुकुन्ददवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहनु भएको छ । त्यस्तै बोर्डअफ ट्रष्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाईएको छ ।जसको संयोजकमा दिक्पाल केसी रहनु भएको छ ।

करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिसकोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङकोव्यवस्था छ

प्रतिक्रिया