कोलोराडो बोल्डरका अभियुक्तको श्रीमती र पाँच बच्चाहरू संघीय हिरासतमा

इनेप्लिज २०८२ जेठ २१ गते १८:३८ मा प्रकाशित

कोलोराडोको बोल्डरमा भएको आगजनी घटनामा संलग्न रहेको शंकामा रहेका मोहम्मद सब्री सोलीमानको परिवारलाई अमेरिकी संघीय अधिकारीहरूले हिरासतमा लिएका छन्। 

फक्स न्यूजलाई गृह सुरक्षा विभाग र आप्रवासन तथा भन्सार प्रवर्तनका वरिष्ठ स्रोतहरूले यो जानकारी दिएका हुन्।

आइसिइ र डिएचएसका अनुसार, ४५ वर्षीय इजिप्ट नागरिक सोलीमानको श्रीमती र पाँच सन्तानलाई देश निकाला प्रक्रिया अन्तर्गत हिरासतमा लिइएको छ। यस प्रक्रियाअनुसार उनीहरूलाई छिट्टै अमेरिका बाहिर पठाउने तयारी भइरहेको छ।

सोलीमान २७ अगस्त २०२२ मा गैर-आप्रवासी भिसामा लस हुँदै अमेरिका प्रवेश गरेका थिए। 

उनलाई २ फेब्रुअरी २०२३ सम्म अमेरिका बस्न अनुमति दिइएको थियो तर उनी त्यसपछि पनि अमेरिका मै बसे। 

९ सेप्टेम्बर २०२२ मा उनले अमेरिकी नागरिकता तथा आप्रवासन सेवामा दाबी दर्ता गरेका थिए। त्यसपछि २९ मार्च २०२३ मा उनलाई काम गर्ने अनुमति प्रदान गरिएको थियो, जुन अनुमति यस वर्ष गत मार्चसम्म मान्य रहेको थियो।

यो घटनाले अमेरिका भित्रको आप्रवासन नीतिमाथि थप बहस जन्माएको छ। 

प्रतिक्रिया