युक्रेनको सुरक्षा सेवाले मंगलबार एक शक्तिशाली जलमुनि आक्रमणमार्फत रुस र कब्जामा रहेको क्रिमियन प्रायद्वीप जोड्ने केर्च पुलमा विस्फोट गराएको दाबी गरेको छ।
एसव्यूले टेलिग्राममा लेख्दै भन्यो, “सुरक्षा सेवा युक्रेनले नयाँ अद्वितीय विशेष कारवाही सञ्चालन गर्दै तेस्रोपटक क्रिमियन पुलमा प्रहार गर्यो – यसपटक पानीमुनिबाट!”
यो कारबाही आइतवारको एक साहसी हवाई आक्रमणपश्चात आएको हो, जसमा एसवियुले रुसका आणविक क्षमतायुक्त रणनीतिक बमवर्षक विमानहरूलाई निशाना बनाएको थियो।
एसविसुका गुप्तचरहरुले सडक र रेल यातायातका लागि प्रयोग हुने केर्च पुलका खम्बाहरूमा महीनौँ अघिदेखि जलमुनि बमहरू राखेका थिए। पहिलो विस्फोट मंगलबार बिहान ४:४४ बजे गराइएको थियो।
कुल १,१०० किलो विस्फोटक प्रयोग गरिएको जनाइएको छ, जसले पुलका जलमुनिका खम्बाहरूलाई “गम्भीर क्षति” पुर्याएको बताइएको छ।
यो आक्रमणले युक्रेनको विशेष कारवाही क्षमताको झल्को दिने मात्र होइन, रूसका लागि रणनीतिक रूपमा अति महत्त्वपूर्ण संरचनाहरू समेत असुरक्षित रहनसक्ने संकेत दिन्छ।
प्रतिक्रिया