दुई चिनियाँ नागरिक माथि खतरनाक बाली नाशक फङ्गस (खतरनाक ढुसी) तस्करी गरेको आरोप

इनेप्लिज २०८२ जेठ २१ गते २३:४५ मा प्रकाशित

अमेरिकाको न्याय विभागले दुई चिनियाँ नागरिकमाथि खतरनाक फ़ुसरियम ग्रामीनेअरम नामक फङ्गस(खतरनाक ढुसी) अमेरिका तस्करी गरेको आरोपमा अभियोग लगाएको छ ।

जुन वैज्ञानिक अध्ययन अनुसार सम्भावित “कृषि -आतंकवाद” को हतियार हुन सक्छ।

अभियुक्तहरूमा ३३ बर्षिय युनकिङ जियान र ३४ बर्षिय जुन्गयों लिउले चिनियाँ सरकारबाट अनुसन्धानका लागि आर्थिक सहयोग पाउँदै आएको र तीमध्ये केही अनुसन्धान मिशिगन विश्वविद्यालयमा गरिएको खुलासा गरिएको छ।

अमेरिकी न्याय बिभागका अनुसार जियान चिनियाँ कम्युनिस्ट पार्टी(बामपन्थी दल)की सदस्य रहेको प्रमाण उनको बिधुतिय उपकरणहरूमा भेटिएको छ। लिउ, जो जियानका प्रेमी हुन्, एक चिनियाँ विश्वविद्यालयमा यही रोगजन्य फङ्गस(ढुसी)मा अनुसन्धान गरिरहेका थिए। उनले सुरुमा झूट बोले पनि पछि मिशिगन विश्वविद्यालयमा अनुसन्धान गर्न फङ्गस (ढुसी)आफैं ल्याएको स्वीकार गरेका छन्।

फङ्गसले गहुँ, जौ, मकै, र धानमा “हेड ब्लाइट” नामक रोग फैलाउने कारण हरेक वर्ष विश्वभर अरबौं डलरको क्षति गराउने गरेको एफबीआईले बताएको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भनिन् “अमेरिकालाई विदेशी जैविक खतराबाट जोगाउनु न्याय विभागको सर्वोच्च प्राथमिकता हो।”

भन्सार तथा सीमा सुरक्षा विभागका अनुसार लिउले उक्त नमुना कपडाको टुक्रामा बेरेर झोलामा लुकाएका थिए । एबिसीन्यूज/फक्सन्यूजका अनुसार मिशिगन विश्वविद्यालयले “हामी राष्ट्रिय सुरक्षालाई क्षति पुर्‍याउने कुनै पनि कार्यको कडा निन्दा गर्छौं। अनुसन्धानमा पूर्ण सहयोग गरिरहेका छौं।” भनेको छ ।

प्रतिक्रिया