हत्याका अभियुक्त कारागार चलान

इनेप्लिज २०७३ वैशाख १ गते ४:५६ मा प्रकाशित

गाईघाट (उदयपुर), १ वैशाख । उदयपुर जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग परिसरमा रहेका बैंक गार्डको हत्याको अभियोग लागेका तीनजनालाई मङ्गलबार प्रहरीले कारागार चलान ग¥यो ।

जिल्ला कारागार उदयपुर चलान गरिएका अभियुक्तमा उदयपुरको त्रियुगा नगरपालिका–११ जलजले बस्ने टीकाप्रसाद आचार्य, सोही स्थानका अरबिन्दकुमार क्षेत्री र अर्का अभियुक्त प्रेम दोर्जे शेर्पा रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । अभियुक्तलाई पक्राउ गरेर एक महिनासम्म जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको भएपनि मङ्गलबार जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

अभियुक्तले २०७१ साल माघ १९ गते राति उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको सनराइज बैंकमा सुरक्षार्थ खटिएका गार्ड खेमबहादुर बानियाँको हत्या गरी बैंकको एक करोड नगद लुट्ने प्रयास गरेका थिए । गार्डको हत्यापछि लामो समयसम्म फरार रहेका अभियुक्तमध्ये दुई महिनाअघि शेर्पा र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । एक महिनाअघि आचार्यलाई पक्राउ परे ।

प्रतिक्रिया