अमेरिकाको टेक्सस राज्यको अल्भाराडोस्थित आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिइ) केन्द्र नजिकै भएको गोलीकाण्डमा एक प्रहरी अधिकृत घाइते भएका छन् भने धेरै संदिग्धलाई पक्राउ गरिएको छ।
प्राइरिल्याण्ड थुनुवा केन्द्र( डिटेन्सन) बाहिरको एक मार्गमा गत जुलाई ४ तारिख राति करिब ११ बजे प्रहरीलाई शंकास्पद गतिविधिको खबर आएपछि उनीहरू त्यहाँ पुगेका थिए।
प्रहरी अनुसार घटनास्थलमा पुगेका अधिकारीहरूले एक व्यक्तिलाई बन्दुक बोकेको अवस्थामा देखेका थिए।
प्रहरीले बताएको अनुसार प्रारम्भिक चरणमा प्रतिक्रिया दिने एक अधिकारीले ती व्यक्तिसँग सम्पर्क गर्न खोज्दा एकाएक संदिग्धहरूले अचानक गोली चलाएका थिए।
गोलीहरू मध्ये एक गोली प्रहरीको घाँटीमा लागेको थियो। गम्भीर घाइते प्रहरीलाई तत्काल उदग्रबिमान(हेलिकप्टर) मार्फत फोर्ट वर्थस्थित अस्पताल पुर्याइएको थियो । त्यस पछि उपचार गरि उनलाई अस्पताल मुक्त गरिएको छ।
गोलीकाण्डपछि घटनास्थलबाट भाग्न खोज्ने सशस्त्र संदिग्धहरूलाई अल्भाराडो प्रहरी र जोनसन काउन्टी शेरिफ कार्यलयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको सिविएस समाचारले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया