अमेरिकी संसदको तल्लो सदन (हाउस) मा डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले एउटा नयाँ कीर्तिमान बनाएका छन्।
उनले बिहीवार जुलाई ३ बिहीबारका दिउँसो १:२६ बजे उनले अमेरिकी संसदको इतिहासमा सबैभन्दा लामो भाषण दिएर नयाँ किर्तीमान कायम गरेका छन्। उनले ८ घन्टा ४४ मिनेट पुर्याउदै किर्तीमान कायम गर्न सफल भएका छन् ।
यसअघि सन् २०२१ मा रिपब्लिकन सांसद केभिन म्याकार्थीले राखेको ८ घन्टा ३२ मिनेटको समयलाई जेफ्रिजले तोडेका हुन्।
आफ्नो लामो भाषणको अन्त्यतिर पुग्दा जेफ्रिजले भने, “हामी राष्ट्रपति ट्रम्पका लागि काम गर्दैनौं। हामी जे.डी. भान्सका लागि काम गर्दैनौं। हामी इलन मस्कका लागि पनि काम गर्दैनौं।
सभामुख महोदय, हामी सबैले यो मतदानमा भाग लिँदै गर्दा, मेरा रिपब्लिकन सहकर्मीहरू यो निष्कर्षमा पुग्नेछन् भन्ने मलाई आशा छ कि हामी अमेरिकी जनताका लागि काम गर्छौं।”
जेफ्रिजले भाषण दिँदै गर्दा हाउसका डेमोक्र्याटिक सांसदहरू उनको वरिपरि उभिएका थिए। उनीहरूले जेफ्रिजको कुरामा सहमति जनाउँदै ताली बजाए र टाउको हल्लाए।
उनले एउटा नयाँ विधेयकले स्वास्थ्य सेवा र खाद्यान्न सहायता कार्यक्रमहरूमा पार्ने नकारात्मक असरबारे जोडदार आलोचना गरे।
जेफ्रिजले अगाडि भने, “यदि यो विधेयक पारित भयो भने यो संस्थाका लागि लाजमर्दो कुरा हुनेछ। यो अमेरिका होइन, हामी योभन्दा राम्रा छौं। हामी राम्रा छौं, हामी राम्रा छौं।”
उनको यो भनाइले अमेरिकी जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया