अमेरिकी संसदका सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै रिपब्लिकन दलको महत्त्वपूर्ण विधेयक पारित गर्न ट्रम्पले ‘धेरै सहयोग’ गरेको बताएका छन्।
जोनसनले आज बिहान जुलाई ३ क दिन सांसद भवनमा कुरा गर्दै भने राष्ट्रपति धेरै सक्रिय हुनुको साथै प्रक्रियामा धेरै सहयोगी भएको बताए । राष्ट्रपतिले प्रश्नहरूको जवाफ दिन र आफ्नो दृष्टिकोण बुझाउन मद्दत गरेको भन्दै राष्ट्रपतिको नेतृत्वको साँच्चै कदर गर्छु ,उनले भने ।
यो ‘मेगाबिल’ अर्थात् धेरै बिशाल र महत्त्वपूर्ण विधेयकलाई पारित गराउन रिपब्लिकनहरूलाई सबै मतको आवश्यकता थियो। यसमा ट्रम्पको सहयोगले धेरै सांसदहरूलाई मनाउन सहयोग पुगेको छ ।
जोनसनले पेन्सिलभेनियाका मध्यम विचारधाराका रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले अन्तिम मतदानमा विधेयकको विपक्षमा भोट हाल्न सक्ने संकेत पनि दिए।
रातभरी विधेयकलाई अगाडि बढाउने प्रस्तावको विरुद्धमा मतदान गरेका फिट्जप्याट्रिकसँग विधेयकका केही प्रावधानबारे आफ्नै विश्वास रहेको र त्यो सही भएको जोनसनले बताए।
प्रतिक्रिया