नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ((फिप्ना)को वृहत आदिवासी जनजाती साँस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो।
कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडित जातजाती र समुदायको समान हक र अधिकारको लागी उभिनु हो भन्ने कुरा फिप्ना बरिष्ठ उपाध्यक्ष पेमा लामाले बताउनु भयो ।
सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै यही जुलाई ९ तारिकको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरूङले आग्रह गर्नुभयो ।
कार्यक्रममालाई सफल बनाउन स्पोन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रमको पहिलो औपचारीक कार्यक्रम सन्चालन फिप्नाका महासचिब दिपक चौधरी र सचिव दाजिमा शेर्पाले गर्नुभएको थियो भने, दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सन्चालन महिला उपाध्यक्ष ममता राई र सचिव दाजिमा शेर्पाले गर्नु भएको थियो ।
उक्त कार्यक्रम मा उपस्थित अतिथिहरूलाई क्षेत्रिय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरु, विभिन्न प्रायोजकहरु, स्वयम् सेवकहरु, फिप्ना कार्य समितिहरूलाई हार्दीक धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्यक्ष तोरण गुरुङले गर्नु भएको थियो ।
प्रतिक्रिया