इजरायलमाथि इरानको भीषण आक्रमण: ४०० भन्दा बढी क्षेप्यास्त्र तथा सयौँ मानव रहित यान प्रहार

इनेप्लिज २०८२ असार ४ गते ९:३२ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका अनुसार गत शुक्रबार इजरायलले इरानमा आक्रमण गरेपछि इरानले ४०० भन्दा बढी क्षेप्यास्त्र र सयौँ मानव रहित यान (ड्रोन )इजरायलतर्फ प्रहार गरिसकेको छ।

यी प्रहारहरूले इजरायलभरिका ४० स्थानहरूमा क्षति पुर्‍याएका छन्। यसको परिणामस्वरूप इजरायली कर निकायमा १९,००० भन्दा बढी क्षतिपूर्तिका दाबीहरू दर्ता भएका छन्।

हालसम्म इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ भने ८०० भन्दा बढी घाइते भएका छन्। झण्डै ३,८०० जना नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

इरानी अधिकारीहरूका अनुसार शुक्रबारदेखि हालसम्म इरानमा २२४ जनाको मृत्यु भएको छ। तर स्वतन्त्र मानव अधिकारले गरेको एक सर्वेक्षणमा ४०० भन्दा ज्यादा भएको बताएको छ ।

दुबै मुलुकमा भइरहेको यो संघर्षले क्षेत्रीय अशान्ति अझ चर्काउने संकेत देखिएको छ। लगातारको क्षेप्यास्त्र प्रहार र मानव रहित यान आक्रमणले जनधनको ठूलो क्षति पुर्‍याइरहेको छ।

मध्यपूर्वमा फैलिंदै गएको यो युद्धले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ । द्वन्द्व नियन्त्रणका लागि विश्व समुदायबाट तत्काल पहल आवश्यक देखिएको र युद्ध बिरामको लागि बिभिन्न देशहरुले प्रयास गरि रहेका छन् ।

प्रतिक्रिया