इजरायलीद्वारा युरेनियम प्रशोधन केन्द्र निशाना : तेहरानमा ५० भन्दा बढी लडाकु विमानद्वारा केन्द्रिय क्षेप्यास्त्र र आणविक स्थलहरू ध्वस्त

इनेप्लिज २०८२ असार ४ गते ९:५१ मा प्रकाशित

इजरायली सेनाले बुधबार बिहानै सामाजिक संजाल एक्स तथा विज्ञप्तिमा जनाए अनुसार इजरायलले तेहरान आसपासका इरानी युरेनियम समृद्ध गर्ने केन्द्रवर्तक यन्त्र तथा क्षेप्यास्त्र (सेन्ट्रिफ्यूज र मिसाइल) उत्पादन केन्द्रहरूमा ५० भन्दा बढी लडाकु विमान प्रयोग गरी ठूलो स्तरको आक्रमण सञ्चालन गरेको छ।

“अत्यन्तै सटीक गुप्त सूचनाका आधारमा वायुसेनाका ५० भन्दा बढी लडाकु विमानहरूले केही घण्टामा तेहरान क्षेत्रका सैन्य लक्ष्यहरूमा आक्रमण पूरा गरेका छन्,” इजरायली रक्षा बलले जनाएको छ।

प्रहारका लक्ष्यहरूमा जमिनदेखि जमिन र जमिनदेखि आकाशतर्फ प्रहार गर्न सक्ने क्षेप्यास्त्रलहरू निर्माण गर्ने केन्द्रहरू रहेका थिए।

इजरायली सेनाले तेहरानमा रहेको एक सेन्ट्रिफ्यूज (केन्द्रवर्तक यन्त्र)उत्पादन केन्द्रमाथि पनि आक्रमण गरिएको र त्यसले इरानको “आणविक हतियार विकास कार्यक्रमलाई पछाडि धकेल्ने” दाबी गरेको छ।

“इरानी शासनले आणविक हतियार निर्माणको लागि युरेनियम प्रशोधन गरिरहेको छ,” इजरायलको भनाई छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि केही दिन अगाडी इरानले परमाणु हतियार बिकाश गरि रहेको बताएका थिए ।

प्रतिक्रिया