अमेरिकाको भर्जिनियाको राज्यको मनासास पार्क शहरमा भएको दुःखद घटनामा ज्यान गुमाएका एउटा पूरै नेपाली परिवारको दाह संस्कार अमेरिकामै हुने भएको छ । गो फन्डमा करिव २९,००० डलर संकलन भएको छ ।
आगामी बिहिबार जुन १९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा हुने भएको छ । आयोजकका अनुसार अन्तिम बिदाई बिहान ७:३० बजे देखि ८:३० बजे सम्म गरिने भएको छ । उक्त दाह संस्कार Beltway Cremation Center 124 E Diamond Ave, Gaithersburg, MD 20877 मा हुनेछ ।
बिहीबार, जुन ६, २०२५ को साँझ सन्तोष परियार (३८), अन्जु श्रेष्ठ (३६), र उनीहरूका दुई प्यारा सन्तानहरु क्रमस ८ वर्षीया छोरी र २ वर्षीय छोरा आफ्नै भाडाको घरमा मृत फेला परेका थिए। उनिहरुको आर्थिक सहयोगको लागि एनआरएनए भर्जिनियाले गो फन्ड मी खाता खोले पछि जुन १८ बिहान ७ बजे सम्म २८ हजार ८०० दाल्र संकलन भएको छ ।
गो फन्ड गत जुन ९ सोमबारका दिन खोलिएको हो। गो फन्डको लक्ष्य ५० हजार डलर राखिएको छ । नेपालको माटोबाट राम्रो भविष्यको सपना बोकेर हालसालै यस भूमिमा पाइला टेकेको परियार-श्रेष्ठ परिवार शान्त स्वभावका, दयालु र एकअर्कालाई अगाध प्रेम गर्ने व्यक्तिका रूपमा चिनिन्थे भनि उल्लेख गरिएको छ ।
यो अकल्पनीय वियोगले स्थानीय नेपाली समुदाय र उनीहरूलाई चिन्ने हरेक हृदयलाई स्तब्ध बनाएको छ।
परिवारका चारै सदस्यको अन्तिम संस्कार र श्रद्धाञ्जलीका लागि आवश्यक आर्थिक सहयोग जुटाउन गो फन्ड संचालनमा ल्याइएको हो ।
संकलित सम्पूर्ण सहयोग परिवारका चारै सदस्यको अन्त्येष्टि खर्च, साथै यस हृदयविदारक क्षतिसँग सम्बन्धित कानूनी प्रक्रिया, यात्रा र अन्य आवश्यक व्यवस्थापनका लागि सिधै प्रयोग गरिने जनाइएको गो फन्ड मीमा जनाईएको छ ।
एनआरएनए भर्जिनियाले सबैलाई आभार व्यक्त गरेको छ।
यहाँहरुले सहयोग गर्न चाहेमा यहाँ थिच्नु होला
।https://www.gofundme.com/f/8ycwd-support-for-the-pariyarshrestha-family?lang=en_US&v=amp14_c
Santosh Pariyar & family’s funeral!
Thursday, June 19, 2025 7:30 – 8:30 am (Eastern time)
Beltway Cremation Center
124 E Diamond Ave, Gaithersburg, MD 20877
प्रतिक्रिया