ट्रम्प प्रशासन इजरायलको युद्धमा सक्रिय हुने संकेत, इरानद्वारा कडा प्रतिकारको चेतावनी

इनेप्लिज २०८२ असार ४ गते १०:१४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इरानबीचको युद्धमा संलग्न हुने विषयमा विचार गरिरहेका बेला इरानले अमेरिका सहभागी भए कडा जवाफ दिने स्पष्ट चेतावनी दिएको छ।

इरानका राष्ट्रसंघीय दूत अली बहरैनीले रोयटर्ससँगको कुराकानीमा भने, “हामी अमेरिका पनि इजरायलका कार्यहरूमा संलग्न देखिरहेका छौं।”

‘अपरेशन राइजिङ लायन’ सुरु हुनु अघि इजरायलले अमेरिकासँग समन्वय गरेको हो वा होइन भन्ने विषयमा अड्कलबाजी भइरहेका छन्।

हालसम्म अमेरिका यो युद्धमा प्रत्यक्ष संलग्न भएको छैन। तर अमेरिकाले तेहरानबाट प्रहार भएका केही क्षेप्यास्त्रहरू इजरायलतर्फ पुग्न नदिन मद्दत गरेको पुष्टि भइसकेको छ।

तर अब ट्रम्प प्रशासन युद्धमा थप सक्रिय हुन सक्ने संकेत देखिएको छ। विशेषतः इरानको सबैभन्दा खतरनाक आणविक स्थल भनिने फोर्डो नष्ट गर्नसक्ने क्षमतायुक्त बम अमेरिका सँगमात्र भएको बताइन्छ।

यदि अमेरिका प्रत्यक्ष रूपमा संलग्न भयो भने इरानले कठोर प्रतिक्रिया निम्त्याउने निश्चित देखिएको छ । इरानले यसलाई क्षेत्रीय संघर्षबाट विश्वव्यापी द्वन्द्वमा रूपान्तरण गर्ने चेतावनी दिइसकेको छ।

इजरायल भन्दा ८० गुणा ठुलो र जनसंख्यामा १० गुणा ठूलो इरानलाई इजरायलमा भएको उच्च प्रविधिको बिकाशले ठूलो तहस नहस गरेको छ । इजरायलमा पनि ठूलो क्षति भएको छ ।

प्रतिक्रिया