ईरानी सर्वोच्च नेताको चेतावनी: “अब युद्ध सुरु हुन्छ”

इनेप्लिज २०८२ असार ४ गते २:११ मा प्रकाशित

ईरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले मंगलबार सामाजिक सञ्जाल एक्समा एक कडा सन्देश प्रकाशन गर्दै भने पवित्र हैदरको नाममा, युद्ध सुरु हुन्छ। “

“हैदर” इस्लामिक इतिहासमा प्रसिद्ध योद्धा तथा पैगम्बर मोहम्मदका उत्तराधिकारी मानिने इमाम अलीको नाम हो, जसलाई शिया मुसलमानहरू पहिलो इमामको रूपमा मान्यता दिन्छन्। खामेनीको यो अभिव्यक्तिले धार्मिक भावनासँगै युद्धको आह्वानलाई पनि जोड दिएको छ।

खामेनीले अंग्रेजी भाषामा आफ्नो एक्सखातामार्फत थप लेखे: हामी आतंककारी यहुदी शासनलाई कडा जवाफ दिनैपर्छ। हामी यहुदीवादीहरूलाई कुनै दया देखाउने छैनौं।”

यो चेतावनी यस्तो समयमा आएको हो जब इजरायलले इरानमाथि निरन्तर आक्रमण गरिरहेको छ । इरानले समेत क्षेत्रीय र अमेरिकी सैन्य अड्डाहरू विरुद्ध सम्भावित आक्रमणको तयारी गरिरहेको छ।

विश्लेषकहरूका अनुसार, खामेनीको यस्तो उद्घोषले ईरानको आक्रामक रणनीति अब खुला रूपमा अघि बढ्ने संकेत दिएको छ। युद्धको जोखिम झनै गहिरिँदै गएको छ, र यो धार्मिक, राजनीतिक र सामरिक तीनै तहमा जटिल मोडमा पुगेको देखिन्छ।

प्रतिक्रिया