अमेरिकाले हस्तक्षेप गरे इरानले आक्रमण गर्ने संकेत, अमेरिकी सैन्य अड्डा निशानामा

इनेप्लिज २०८२ असार ४ गते १:५२ मा प्रकाशित

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा सम्भावित आक्रमणका लागि क्षेप्यास्त्रहरु तयारी गरेको प्रतिवेदनहरूमा उल्लेख गरिएको छ।

न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यदि अमेरिका इजरायलसँग मिलेर इरानमाथि आक्रमणमा संलग्न भयो भने इरानी सेनाले प्रत्यक्ष अमेरिकी फौजलाई लक्षित गरी हमला गर्न सक्ने योजना बनाइरहेको जनाएको छ ।

हाल अमेरिका साउदी अरेबिया, कतार, बहराइन, इराक लगायतका देशहरूमा हजारौं सैनिक तैनाथ गरिरहेको छ। तीमध्ये थुप्रै अड्डाहरू इरानको क्षेप्यास्त्र दायराभित्र पर्छन्। इरानसँग बलियो क्षेप्यास्त्र प्रणाली छ र उसले विगतमा पनि अमेरिकी हितहरूमा प्रहार गर्ने चेतावनी दिँदै आएको छ।

युद्धको अवस्था झन् जटिल बन्दै गएको छ भने इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरिरहेका बेला संयुक्त राज्य अमेरिका संलग्न हुने सम्भावना बढ्दै गएको छ। यस्तो अवस्थामा इरानले अमेरिकालाई पनि “साझेदार शत्रु” मानेर प्रतिक्रिया दिने रणनीति बनाउन थालेको देखिएको छ।

यससंगै, मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाका लागि सुरक्षा जोखिम नाटकीय रूपमा वृद्धि भएको छ। अमेरिकी रक्षा विभागले उच्च सतर्कता अपनाएको जनाइएको छ।

प्रतिक्रिया