अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ट्रम्पको ‘सिचुएशन रुम’ अर्थात् गोप्य सुरक्षा रणनीति कक्ष बैठक अघि दूरवार्ता भएको इजरायली स्रोतले जानकारी दिएको सिएनएनले जनाएको छ । यो वार्ता द्वन्द्वको संवेदनशील मोडमा भएको सिएनएनले उल्लेख गरेको छ ।
यसैक्रममा, इजरायली रक्षा सेनाले मंगलबार १२ वटा इरानी क्षेप्यास्त्रप्रक्षेपण केन्द्र र गोदामहरूमा हवाई आक्रमण गरेको छ। इजरायलले ती क्षेप्यास्त्रहरू नागरिक क्षेत्रमा लक्षित गरिएको दाबी गरेको छ।
इजरायलले सार्वजनिक गरेको श्रब्यदृश्य (भिडियो)मा सतह–देखि–आकाश क्षेप्यास्त्र प्रक्षेपकमाथि आक्रमण गरिएको देखिन्छ। अर्को श्रब्यदृश्य (भिडियो)मा इस्फहान क्षेत्रमा रहेको तीनवटा महत्वपूर्ण सतह–देखि–सतह क्षेप्यास्त्र प्रक्षेपण र भण्डारण केन्द्रमा आक्रमण गरिएको छ।
यसै गरि तेल अभिभमाथि ठूलो विस्फोटको आवाज सुनिएको छ, जुन इरानबाट क्षेप्यास्त्र प्रहार भएको चेतावनीपछि भएको हो। रोयटर्सले सार्वजनिक गरेको एक श्रब्यदृश्यमा इजरायली हवाई रक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू अवरुद्ध गर्ने प्रयास देखिएको छ। यो आक्रमण इजरायलको स्थानीय समय अनुसार राति १ बजेतिर भएको हो।
त्यस्तै, इरानको सरकारी समाचार एजेन्सी (निकाय )आइआरएनए अनुसार, इरानी इस्लामिक क्रान्तिकारी गार्डले इजरायली वायु सैनिक अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको छ। आइआरजिसिले उक्त आक्रमण “इस्लामिक इरानको पवित्र भूमि विरुद्ध इजरायली शासनले गरेको निर्लज्ज आक्रमणको जवाफ” भएको बताएको छ।
प्रतिक्रिया