राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक चर्को चेतावनी दिँदै इरानी सर्वोच्च नेता आयातोल्ला अली खमेनी “कहाँ लुकेर बसेका छन् भन्ने अमेरिकालाई थाहा भएको बताए ।
यद्यपि उनी “सजिलो निशाना” भए पनि, अमेरिकाले उनलाई “कम्तिमा अहिलेका लागि” मार्ने योजना नराखेको ट्रम्पले स्पष्ट पारे।
सामाजिक सॅजालमा ट्रम्पले लेखे, “हामीलाई थाहा छ, उनी कहाँ लुकेका छन्। उनी सजिलो लक्ष्य हुन्, तर अहिले त्यहाँ सुरक्षित छन् — हामी उनलाई हटाउने (मार्ने!) छैनौं, कम्तिमा अहिले होइन। तर हामी निर्दोष नागरिकमाथि क्षेप्यास्त्र प्रहार, वा अमेरिकी सैनिकमाथि आक्रमण हेर्न चाहँदैनौं। हाम्रो धैर्य सकिँदैछ। कृपया यस कुरामा ध्यान दिनुहोस्!”
ट्रम्पले यो अभिव्यक्ति इरान–इजरायल तनाव चुलिँदै गएको बेलामा दिएका हुन्, र उनले आफ्ना शब्दमा इरानप्रतिको असन्तोष स्पष्ट पारेका छन्।
केही मिनेटपछि उनले अर्को प्रकाशनमा लेखे: अर्थात्, “निःशर्त आत्मसमर्पण!”
यस अभिव्यक्तिले मध्यपूर्वमा बढ्दो संकटमा अमेरिकाको हस्तक्षेपको सम्भावना झनै बलियो बनाएको छ । र ,कूटनीतिक क्षेत्रका विज्ञहरूले यसलाई गम्भीर रूपमा लिएका छन्।
प्रतिक्रिया