ट्रम्प र सी जिनपिङ बीच दूरवार्ता

इनेप्लिज २०८२ जेठ २३ गते १४:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दूरवार्ता(टेलिफोन)भएको छ। 

दुबै देशबीच जारी व्यापार तनावलाई अस्थायी रूपमा रोक्ने मे १२ को सम्झौतामा तनाव बढिरहेका बेला यो संवाद भएको हो।

वासिङ्टनस्थित चिनियाँ दूतावासका अनुसार ट्रम्पको अनुरोधमा बिहीबार बिहान दुबै नेताबीच कुराकानी भएको हो। तर ह्वाइट हाउसले भने तत्काल यसको पुष्टि गरेको छैन।

मे १२ को अस्थायी सम्झौता अनुसार अमेरिका र चीनले आ-आफ्ना आयातमा लगाइएको भन्सार शुल्क कम गरेका थिए।

 अमेरिकाले १४५% बाट घटाएर ३०% मा झारेको थियो भने चीनले अमेरिकी वस्तुहरूमा लाग्ने शुल्क १०% मा झारेको थियो। 

यो ९० दिनको सम्झौता अन्तर्गत दुवै देशलाई स्थायी समाधानको लागि संवाद गर्ने समय दिइएको थियो तर वार्ता रोकिएको थियो।

गत साता ट्रम्पले चीनले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका थिए। अमेरिकी अधिकारीहरूका अनुसार चीनले दुर्लभ खनिजसहितका केही वस्तुहरू निर्यात गर्न अस्वीकार गरेको छ, जुन सम्झौताअनुसार पुनः सुरु हुनुपर्ने थियो। 

अर्कोतर्फ, चीनले अमेरिका माथि कृतिम बुद्धिमत्ता(एआई चिप्स)उपकरण नयाँ निर्यात नियन्त्रण नियमहरू लगाएको र चिनियाँ विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा) रद्ध गर्ने तयारी गरेको आरोप लगाउँदै सम्झौता कमजोर पारिएको बताएको छ।

यसैबीच, ट्रम्पले गत बुधबार सामाजिक सॅजाल ट्रुथ सोसलमा लेखे, “म चीनका राष्ट्रपति सीलाई मन पराउँछु, सधैं मन पराएको छु, तर उनी धेरै कठोर छन् र उनीसँग सम्झौता गर्न अति कठिन छ!”

प्रतिक्रिया